'रोनाल्डो भएकाले रेफ्रीले रातो कार्ड दिएनन्'
विश्वकपमा फिफाले भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) को नाममा नराम्रो काम गरिरहेको छ । प्रविधिको प्रयोग गरिनु राम्रो हो तर, भीएआरको प्रयोग राम्रो भइरहेको छैन । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले हाम्रो खेलाडी मोर्टेजलाई कुहिनाले हानेपछि रेफ्रीले भीएआर प्रविधिको सहयोग लिए । त्यसपछि रेफ्रीले रोनाल्डोलाई पहेँलो कार्ड मात्र दिए ।
भीएआरकै लागि धेरै समय खेल रोकियो र कुहिनाले हानेको स्पष्ट देखियो पनि । नियमले त्यो रातो कार्ड थियो । रेफ्रीले सायद रोनाल्डो भएर नै रातो कार्ड दिएनन् । विश्वकपमा खेल्ने खेलाडी लियोनल मेसी होस् वा रोनाल्डो सबै उस्तै हुन् । तर, नाम चलेका खेलाडी र अन्य खेलाडीबीच रेफ्रीको निर्णयमा पक्षपात छ ।
रोनाल्डो नाम चलेका खेलाडी भएकाले फिफाले नै रोनाल्डोप्रति नम्र व्यवहार गरेको हुन सक्छ । हामीसँग पनि सूचना पाउने अधिकार छ । हामी भीएआर प्रणालीले काम नगरेको विषयलाई फिफाका अध्यक्ष जियानी इन्फान्टिनो सामु गुनासो गर्ने तयारीमा छौं ।
-कार्लोस क्वइरोज, इरानका प्रशिक्षक ।
प्रतिक्रिया दिनुहोस !