जर्मनीको खेलमा प्रभाव पार्न सक्ने खेलाडी : टाेनी क्रुज

जर्मनीको खेलमा प्रभाव पार्न सक्ने खेलाडी : टाेनी क्रुज

मस्को : प्रतिभाशाली मिडफिल्डर टोनी क्रुज साबिक विजेता जर्मनीका मुख्य खेलाडी हुन्। टोलीका लागि उनको महत्व स्विडेनविरुद्ध भएको अघिल्लो खेलमै प्रष्ट पनि भइसकेको छ। 

पहिलो खेलमा मेक्सिकोसँग पराजित भएपछि जर्मनीका लागि प्रिक्वार्टरफाइनलको सम्भावना कायम राख्न स्विडेनविरुद्धको समूहगत चरणको दोस्रो खेलमा कुनै पनि मूल्यमा जित आवश्यक थियो। 

यद्यपि जर्मनी ९० मिनेटपछि थप गरिएको ६ मिनेटको इन्जुरी समयको अन्तिम ३० सेकेन्ड अघिसम्म पनि १-१ कै बराबरीमा रोकिएको थियो ।

उक्त खेलमा अन्तिम ३० सेकेन्डअघि प्राप्त फ्रिकिक प्रहारको अवसरलाई सदुपयोग गर्दै क्रुजले २-१ को जितसहित साबिक विजेता जर्मनीको प्रिक्वार्टरफाइनल सम्भावना जीवितै राख्न मद्दत पुर्‍याएका थिए। जर्मनीले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको उपाधि जित्दाका महत्वपूर्ण खेलाडी क्रुज यस पटक पनि टोलीमा उही भूमिकामा सक्रिय छन् ।

स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने क्रुज मैदानमा आफ्नो टोलीलाई जिताउन कुनै पनि भूमिकाबाट योगदान पुर्‍याउन सक्षम छन्। मैदानमा उनले आफ्ना सहकर्मीलाई उपलब्ध गराएको बल कुनै पनि अवस्थामा खेर जाँदैन। उनी आफ्ना स्ट्राइकरलाई गोलका राम्रा अवसर सिजैना गर्ने मात्रै होइन, आफैं पनि गोल गर्न सक्षम खेलाडी हुन् ।

जर्मनीले यस पटक उपाधि रक्षा गर्ने योजना बनाउँदा टोलीको अनुभवी खेलाडीको हैसियतमा जिम्मेवारी उनै क्रुजमाथि बढी छ। त्यसैले जर्मनीको बाँकी खेलमा क्रुजको मेहनत र खेल हेर्न लागयकको हुने निश्चित छ। 

सन् २०१० यता राष्ट्रिय टोलीबाट खेल्न थालेका क्रुजले हालसम्म टोलीका लागि ८५ खेल खेल्दै १३ गोल पनि गरिसकेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.