निर्माण नसकिँदै भत्कियो नाला

निर्माण नसकिँदै भत्कियो नाला

धनगढी : असारे विकासको चटारोमा गुणस्तरहीन काम भइरहेको छ। असारको २५ गते भित्रै बिल भर्पाइ गरेर भुक्तानी लिने चक्करमा स्थानीय तहका धेरै ठाउँमा विकासको नाममा जथाभावी भएको देख्न सकिन्छ।

धनगढी उपमहानगरपालिका–४ दक्षिणकाली मार्गदेखि रुपक होजियारी जोड्ने सडकको नाला निर्माण सम्पन्न नहुँदै भत्किएको छ। उपमहानगरका प्राविधिक र निर्माण व्यवसायीको लापरवाहीका कारण निर्माण सम्पन्न नहुँदै नाला भत्किएको स्थानीयले आरोप लगाएका छन्।

नालाको केही भाग पूरै भत्किएको छ भने केही भाग लच्किएको छ। उपमहानगरको ४० लाख ५ हजार रुपैयाँको बजेटमा निर्माण हुन लागेको नालासहितको कालोपत्रे निर्माण गर्ने जिम्मा प्रसना निर्माण सेवाका सञ्चालक अमरबहादुर खड्काले लिएका हुन्। ‘नगरपालिकाले सुरुमा नालाबिनाको कालोपत्रे बनाउने योजना बनाएको थियो’, स्थानीय गोविन्द केसीले भने। ‘स्थानीयको मागअनुसार नालासहितको सडक बनाए पनि गुणस्तरको बन्न सकेको छैन।’

नाला बनाउने क्रमममा अहिलेसम्म ३ पटक भत्किएको उनले बताए। निर्माण कम्पनीले भत्किँदै निर्माण गर्दै गर्ने गरेको केसीको आरोप छ। सडक र नाला निर्माणका लागि निर्माण कम्पनीसँग ०७३ पुषमा सम्झौता भएर गत वर्षकै असारमा सक्ने सम्झौता भएको थियो। तर, अहिलेसम्म पनि नालासहितको कालोपत्रे हुन सकेको छैन। अहिले असारमा आएर हताहतारमा पानीसँगै निर्माण भइरहेको स्थानीयले आरोप लगाएका छन्।

नालानिर्माणमा निर्माण कम्पनीको लापरवाही देखिएको स्थानीय खगेन्द्र कुवँरले बताए। ‘नालानिर्माण भएको धेरै महिना भएको छ’, उनले भने, ‘सडक कालोपत्रे गर्न खोज्दा रोलरको भाइब्रेसनले भत्किने नाला बनेपछि कति टिक्ला आफैं अनुमान लगाउन सकिन्छ।’ दुई फिट चौडाइ भएको नाला पानी बग्ने बित्तिकै भत्किने उनको भनाइ छ। उक्त सडक चैत मसान्तमा म्याद थप गरी निर्माण भइरहेको छ। भुक्तानी रोकिने डरले आर्थिक वर्षको अन्त्यमा हतारमा गुणस्तरीय विकास नहुने नगरवासीले आरोप लगाएका छन्।

तर, निर्माणको जिम्मा पाएका निर्माण व्यवसायी अमर खड्काले रोलरले कोलोपत्रे च्याप्न खोज्दा भत्किएको भन्दै उम्किन खोजे। पटक पटक भत्किए पनि उनले गाडी हिँड्नलाई निर्माण भइरहेको सडक रोलर हिँड्दै भत्किएको बताए। निर्माणमा नगरपालिकाले पटकपटक अनुगमन गर्नुपर्ने भए पनि एक पटक पनि अनुगमनमा नपुगेको स्थानीयको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.