बुगीवुगीबाट बाहिरिए मलिन तामाङ
![बुगीवुगीबाट बाहिरिए मलिन तामाङ](https://annapurnapost.prixacdn.net/media/albums/milan-tamang-boogie-woogie_20180630021729_Q7rUx3u8J0.jpg)
काठमाडौं : नृत्यसम्बन्धी अन्तर्राष्ट्रियस्तरको ‘डान्स रियालिटी सो बुगीवुगी’ मा अहिले कडा प्रतिस्पर्धा भइरहेको छ ।
एपीवान एचडीबाट प्रसारण भइरहेको बुगीवुगीको प्रतिस्पर्धा टप सिक्ससम्म आइपुग्दा शुक्रबार राति एकजना प्रतिस्पर्धी बाहिरिएका छन् । टप सिक्सका लागि भएको नृत्यको कडा प्रतिस्पर्धाका क्रममा मलिन तामाङ बाहिरिएका हुन् ।
दर्शकको भोट ५० प्रतिशत र निर्णायकहरुको ५० प्रतिशत नम्बरका आधारमा मलिन सबैभन्दा तल पर्दै बाहिरिएका हुन् । टप सिक्सका प्रतिस्पर्धीका लागि आगामी बिहीबार साँझ आठ बजेदेखि शुक्रबार मध्यान्ह १२ बजेसम्मका लागि भोट गर्ने समय तोकिएको छ ।
![](http://bg.annapurnapost.com/uploads/media/boogie-woogie-nepal_20180630021752.jpg)
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)