कस्तो रहला आजका खेलमा मेसी र रोनाल्डोको प्रभाव ?

कस्तो रहला आजका खेलमा मेसी र रोनाल्डोको प्रभाव ?

लियोनल मेसी (अर्जेन्टिना)

रुस विश्वकपको छनोट प्रतियोगितामा प्रशिक्षक जर्ज साम्पाओलीले भनेका थिए, ‘यो मेसीको अर्जेन्टिना हो, मेरो होइन ।’ प्रशिक्षक साम्पाओलीको यो भनाइले मेसी टोलीका महŒवपूर्ण खेलाडी हुन् भन्ने संकेत गरेको थियो । उनको यही भनाइलाई सार्थक तुल्याउने गरी समूहगत चरणको क्रोएसियाविरुद्धको खेलमा पनि एउटा घटना दोहोरियो । मैदानमा परिवर्तित खेलाडी पठाउने विषयमा पनि प्रशिक्षक साम्पाओली मैदानमा रहेका मेसीसँगै सल्लाह गर्न पुगेका थिए ।

यसले के देखाउँछ भने, अर्जेन्टिनी टोलीमा मेसीको प्रभाव मैदानभित्र मात्रै नभएर मैदान बाहिर पनि उत्तिकै छ । यही कारण रुस विश्वकपमा अर्जेन्टिनाको सफलतालाई लिएर मेसीमाथिको निर्भरता र आशा धेरै देखिएको छ । गत वर्ष उनकै प्रदर्शनमा फाइनलसम्म पुगेको अर्जेन्टिना यस पटक पनि उनकै भरमा बसेको छ । त्यही जिम्मेवारी पूरा गर्न मेसीले प्रतियोगिताको महŒवपूर्ण खेलमा आफ्नो नाम अनुरूपकै योगदान पु¥याउने विश्वास गरिएको छ ।

स्पेनिस क्लब बार्सिलोनाबाट सम्भव देखिएका सबै कीर्तिमान आफ्नो नाममा पारेका मेसीमाथि राष्ट्रिय टोलीबाट त्यही सफलता दोहो¥याउनु पर्ने दबाबपूर्ण जिम्मेवारी पनि रहेको छ । राष्ट्रिय टोलीबाट निरन्तरको असफलतापछि सन्न्यास लिएर समेत पुनः टोलीमा फर्किएका मेसीका लागि विश्वकप उपाधि जित्ने यो अन्तिम अवसर पनि हुन सक्छ । किनभने आफ्नो उमेर र अन्य धेरै कारणले गर्दा मेसीले रुस विश्वकपपछि पनि राष्ट्रिय टोलीबाट नियमित खेलिरहने सम्भावना निकै कम छ ।

त्यसैले पनि सधंै मुस्किल समयमा अर्जेन्टिनी टोलीको उद्धार गर्न पुग्ने मेसीले रुस विश्वकपमा समेत टोलीको बाँकी खेलमा पनि त्यही भूमिका निर्वाह गर्ने अनुमान गरिएको छ । सन् २००५ देखि नै राष्ट्रिय टोलीबाट खेल्दै आएका मेसीले हालसम्म अर्जेन्टिनाका लागि एक सय २७ खेल खेल्दै ६५ गोल गरेका छन् ।

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगल पछिल्लो तीन वर्षयता कुनै पनि ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधिको बलियो दाबेदार टोलीको रूपमा उदाएको छ । पोर्चुगिज टोलीको यो हैसियत उनै रोनाल्डोको मेहनत र प्रदर्शनले सम्भव भएको हो । कप्तान र टोलीको मुख्य खेलाडीको हैसियतमा रोनाल्डोले सन् २०१६ मा पोर्चुगललाई युरोकपको उपाधि नै दिलाएका थिए।

युरोकपपछि आफ्नो दोस्रो ठूलो प्रतियोगिताको रूपमा विश्वकप खेलिरहँदा पोर्चुगलले यस पटक पनि उपाधिकै योजना बनाएको छ । टोलीले बनाएको त्यो योजनालाई अघि बढाउने मुख्य जिम्मेवारी उनै रोनाल्डोमाथि छ । त्यसअनुसार समूहगत चरणको खेलमा उनले सशक्त प्रदर्शनसमेत गरेका छन् । रोनाल्डोले सुरुआती दुई खेलमा आफ्नै प्रदर्शनले टोलीलाई महŒवपूर्ण अंक दिलाएका थिए ।

पहिलो खेलमा पोर्चुगलले स्पेनसँग ३–३ गोलको बराबरी खेल्दा रोनाल्डोले ह्याट्रिक गरेका थिए । त्यसपछि भएको दोस्रो खेलमा उनैले नै गरेको एक गोलको मद्दतमा पोर्चुगलले मोरक्कोसँग १–१ को बराबरी खेलेको थियो । समूह ‘सी’ बाट अपराजित रहँदै अन्तिम १६ को यात्रा तय गरेको पोर्चुगललाई उपाधिसम्म डो¥याउन रोनाल्डोमाथि ठूलै जिम्मेवारी छ ।

रोनाल्डोले समूहगत चरणमा गरेकै जस्तो प्रदर्शन दोहो¥याएको अवस्थामा पोर्चुगलले यस पटक विश्वकप जित्ने तथ्यलाई नकार्न सकिँदैन । उनी कुनै पनि समय कुनै पनि ठाउँबाट गोल गर्दै टोलीलाई अघि बढाउन सक्षम खेलाडी हुन् । स्पेनिस क्लब रियल म्याड्रिडका लागि गोल मेसिनकै रूपमा स्थापित उनी नजिक वा टाढाको दूरीबाट खुट्टा वा टाउले गोल गर्न सक्षम खेलाडी हुन् । सन् २००३ देखि राष्ट्रिय टोलीबाट खेल्न थालेका उनले हालसम्म पोर्चुगलका लागि एक सय ५३ खेल खेल्दै ८५ गोल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.