मौसम खराबीले प्रधानमन्त्री जनकपुर पुग्न सकेनन्

मौसम खराबीले प्रधानमन्त्री जनकपुर पुग्न सकेनन्

जनकपुरः मधेस आन्दोलनपछि पहिलो पटक दुई नम्बर प्रदेशको सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको योजनामा मौसम बाधक बनेको छ । मधेस आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्न आइतवार जनकपुर जाने तयारीमा रहेका ओली मौसम खराबीका कारण त्यसतर्फए जान नसकेका हुन् । 

मौसम बिग्रेपछि हेलिकोप्टर उड्न नसक्दा प्रधानमन्त्रीको जनकपुर आउने कार्यक्रम रद्द भएको बताइएको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न जनकपुर आएका ओली औपचारिक कार्यक्रममा भने पहिलो पटक सहभागी हुन लागेका थिए । 

ओली २ नम्बर प्रदेश सरकारले जनकपुरमा आयोजना गरेको ‘समृद्धिको सपना, सम्पन्न प्रदेश २ को चहाना’  विषयक गोष्ठीमा भाग लिन जनकपुर आइपुग्ने कार्यक्रम थियो । 

मधेस विरोधीका रुपमा चित्रित गरिएपछि ओली लामो समय दुई नम्बर प्रदेश पुग्न सकेका थिएनन् । भारतीय प्रम मोदीलाई जानकी मन्दिरमा स्वागत गरेपछि काठमाडौँ फर्किएका ओली यो पटक प्रमुख वक्ताका रुपमा एउटा कार्यक्रममा जनकपुर आउने कार्यक्रम थियो । 

ओली नआउने भएपछि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले वक्ताका रुपमा त्यस कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । 

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबुर राउत तथा प्रदेशका मन्त्रीहरु पनि सहभागी भएका छन् । ओली जनकपुर आउने कार्यक्रमपछि जनकपुरमा सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको थियो । तर अन्तिम समयमा ओलीको जनकपुर भ्रमण रद्द भएको हो । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.