करेन्ट लागेर एकको मृत्यु, चार घाइते

करेन्ट लागेर एकको मृत्यु, चार घाइते

भीमदत्तनगर : कञ्चनपुरको भीमदत्तनगरपालिकामा आइतबार करेन्ट लागेर एकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। भीमदत्तनगरपालिका-३ मालिकार्जुन टोलमा बिजुलीको नयाँ खम्बा हाल्ने क्रममा करेन्ट लागेर कञ्चनपुर, लालझाँडी गाउँपालिका-५ देखतभुलीका २४ वर्षीय शिवराज रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ज्ञानबहादुर सेटीले जानकारी दिएका छन्। 

सोही क्रममा देखतभुलीका जयना राना र समीर चौधरी तथा कृष्णपुर नगरपालिका-६ का अनिल चौधरी र कैलालीको धनगढी उपमहानगरपालिका-१६ उर्माका बालकृष्ण चौधरी घाइते भएका छन् ।

शिवराजलाई उपचारका लागि महाकाली अञ्चल अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएको थियो । घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.