जीप दुर्घटना हुँदा ११ जना घाइते
बिर्तामोड : ताप्लेजुङबाट झापा आउँदै गरेको जीप इलाममा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । मेची राजमार्ग अन्तरगत इलामको रोङ गाउँपालिका ४ किटेनीमा मे १ ज २४१९ नम्बरको बलेरो जीप दुर्घटनामा परी ११ यात्रु घाइते भएको प्रहरी चौकी किटेनीले जनाएको छ ।
घाइते हुनेहरुमा जीपका चालक इलाम देउमाई नगरपालिका–१ चमैता बस्ने दावा शेर्पा, ताप्लेजुङ फुङ्लिङ नगरपालिका– ८ का याम कुमार गुरुङ, ताप्लेजुङ सिदिङ्वा गाउँपालिका– ४ का प्रकाश किरण दाहाल, झापा बुद्दशान्ति गाउँपालिका– ८ बस्ने तेजमान लावती, पाँचथर हिलिहाङ गाउँपालिका–४ बस्ने मन बहादुर राना, उनकी १३ वर्षकी छोरी प्रसुन्न राना, ताप्लेजुङ फुङलिङ नगरपालिका– ७ की गंगा गुरुङ, उनकी १७ महिनाको छोरा युकेश गुरुङ, ताप्लेजुङ फुङ्लिङ नगरपालिका– ८ की कमला गुरुङ, झापा हल्दिबारी गाउँपालिका १ गोलधापकी अन्जु नेम्बाङ र पाँचथर फाल्गुनन्द गाउँपालिका– ३ की रिजा नेम्बाङ रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैको झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अबस्था समान्य रहेको अस्पतालले जनाएको छ ।