प्रदेश सरकारले बेग्लै कर्मचारी राख्‍ने

प्रदेश सरकारले बेग्लै कर्मचारी राख्‍ने

जनकपुर : प्रदेश सरकार बेग्लै कर्मचारी राख्ने तयारीमा रहेको मुख्यमन्त्री लालबाबु राउतले बताएका छन्।मंगलबार प्रदेश-२ को राजधानी जनकपुरमा संक्रमणकालीन 'संघीयता व्यवस्थापन विषयक' दुईदिने कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन्। 

संघीय सरकारले कर्मचारी सरुवामा मनपरी गर्न थालेको भन्दै कर्मचारी सरुवामा केन्द्र सरकारले प्रदेश सरकारलाई हेपेको मुख्यमन्त्री राउतको ठहर छ।उनी भन्छन्, 'रातारात कर्मचारी सरुवा हुन्छ तर प्रदेश सरकारलाई जानकारी नै हुँदैन।'यसरी रातारात प्रदेश सरकारलाई जानकारी नै नदिइ सचिबको सरुवा हुँदा काम गर्न कठिनाइ भइरहेको उनको तर्क छ।' एक त प्रदेश सरकार शिशु अवस्थामा छ, त्यसमा पनि कर्मचारी पनि सबै नयाँ छन्, उनले भने, 'सबै कर्मचारी भर्खरै सेटअप हुन लागेको अवस्थामा बीचैमा सरुवा गरियो, जुन पद्धति अनुसार थिएन्।'

यसरी सुरुवा गर्नु न्यायोचित नरहेको जनाउँदै उनले यस्ता विषयमा केन्द्र सरकारलाई गम्भीर हुन आग्रह गरेका छन्। नत्र भने नयाँ विधेयक बनाएर करारमा बेग्लै कर्मचारी राख्‍नबाट पछाडि नहट्ने उनले चेतावनी दिए।

अहिले संघीयतामाथि चार किसिमको संक्रमणकालीन अवस्था रहेको मुख्यमन्त्री राउत बताउँछन्। उनका अनुसार यथास्थितिवादी सोच,संघीय सरकारबाट असहयोग,उच्च प्रशासनिक तहमै संघीयता सफल हुने प्रति शंका रहेका जस्ता कुराहरु त्यसमा रहेका छन्। 

संघीयता सफल नहुनु भनेको देश झन् खाडलमा फस्नु हो, उनले भने। उनी भन्छन्, 'त्यसैले प्रदेश-२ समृद्ध हुनु भनेको देश समृद्ध हुनु हो र संघीयता पनि सफल हुनु हो।' केन्या,भारत,साउथ अफ्रिका र क्यानाडाका प्रतिनिधिको सहभागितामा कार्यक्रम आयोजना गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.