टिपरको निशानामा मोटरसाइकल !

टिपरको निशानामा मोटरसाइकल !

बिर्तामोड :

० मोटरसाइकल चढेर सोमबार झापाको पाडाजुंगीतर्फ आउँदै गरेका गौरादह–१ का विवेक बराल र मेचीनगर बाहुनडाँगीका नेल्सन भण्डारीको ज्यान टिपरले लियो ।

० एक साताअघि झापाकै बुद्धशान्तिमा साथीलाई पछि राखेर हिँडिरहेका लक्ष्मण खतिवडाले पनि टिपरकै ठक्करबाट ज्यान गुमाउनुपर्‍यो ।

झापामा एक सातामा टिपरसँग सम्बन्धित दुई दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् । घटनामा दुई जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार चालू आर्थिक वर्ष टिपरको ठक्करबाट ११ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा अधिकांश मोटरसाइकल चालक र मोटरसाइकलमा सवार व्यक्ति छन् भने केही साइकलयात्री पनि परेको झापाका ट्राफिक प्रहरी निरीक्षक राजेश राईले बताए ।

अर्जुनधारा नगरपालिकास्थित बसपार्कछेउ कात्तिक २२ गते साइकलयात्रीलाई टिपरले ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको थियो । पुस १५ गते पूर्व–पश्चिम राजमार्गअन्तर्गत चारआली क्षेत्रमा टिपरकै कारण दुई जनाको मृत्यु भयो । कमल गाउँपालिकास्थित मंगलबारेमा माघ ३ गते टिपरको ठक्करबाट एक जनाको मृत्यु भयो । चैत १४ गते दमकमा भएको दुर्घटनामा अर्का एक जनाले ज्यान गुमाए । त्यस्तै, वैशाख ११ गते दुर्गापुरमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भयो ।

टिपरको ठक्करबाट समीक्षा अवधिमा आधा दर्जनजति घाइते भएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ । टिपरसँग सम्बन्धित दुर्घटनामा घाइते हुनेको संख्या कम र धेरैको घटनास्थलमै मृत्यु हुने गरेको प्रहरी निरीक्षक राईले सुनाए । बुद्धशान्ति गाउँपालिका बुधबारेमा लक्ष्मण खतिवडालाई टिपरले सोहोरेर करिब ५० मिटर परसम्म पुर्‍याएको थियो ।

टिपरको ठक्करबाट ज्यान गुमाउने क्रम बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले ठूला सवारी साधनको लाइसेन्स जाँचमा कडाइ गर्न थालेको छ । पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार टिपरका कारण झापामा धेरैको मृत्यु भएको छ । चालू आर्थिक वर्ष पूर्वका १६ जिल्लामा २७ टिपर दुर्घटना हँुदा १६ जनाले ज्यान गुमाएका छन् भने तीन दर्जन घाइते भएका छन् ।

जिप दुर्घटनामा ११ जना घाइते

ताप्लेजुङबाट झापा आउँदै गरेको जिप इलाममा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका ४ किटेनीमा मे.१ज २४१९ नम्बरको बलेरो जिप दुर्घटनामा पर्दा यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा जिपका चालक देउमाई नगरपालिका–१ चमैता बस्ने दावा शेर्पा, ताप्लेजुङ फुङलिङ नगरपालिका–८ का यामकुमार गुरुङ, सिदिङवा गाउँपालिका–४ का प्रकाशकिरण दाहाल, झापा बुद्धशान्ति गाउँपालिका–८ का तेजमान लावती, पाँचथर हिलीहाङ गाउँपालिका–४ का मनबहादुर राना, उनकी छोरी प्रसुन्न राना, ताप्लेजुङ फुङलिङ नगरपालिका– ७ की गंगा गुरुङ, उनका १७ महिने छोरा युकेस, फुङलिङ–८ की कमला गुरुङ, झापा हल्दीबारी गाउँपालिका–१ गोलधापकी अञ्जु नेम्बाङ र पाँचथर फाल्गुनन्द गाउँपालिका–३ की रिजा नेम्बाङ छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.