ओखलढुंगामा जीप दुर्घटना, दुईको मृत्यु, तीन घाइते

ओखलढुंगामा जीप दुर्घटना, दुईको मृत्यु, तीन घाइते

ओखलढुंगा : सुनकोसी गाउँपालिका-८ मा जीप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ‍ भने तीनजना घाइते भएका छन्। मुलखर्कबाट ओखलढुंगा आउँदै गरेको बा १५च ८८४३ नम्बरको जीप रोकेको ठाउँबाट चिप्लिएर भीरमा खस्दा दुर्घटना भएको हो।

बुधबार बिहान ८ बजेट दुर्घटनामा परी सुनकोसी गाउँपालिका- ८ का ३० वर्षीया ललीमाया थापा मगर र अन्दाजी ५० वर्षीय डिल्ली दर्जीको मृत्यु भएको हो प्रहरीले जानकारी दिएको छ।
 

मगरको घटनास्थलमै र दर्जीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ। घाइतेको सनाखत हुन सकेको छैन। उनीहरुलाई उद्धार गरी सामुदायिक अस्पताल ओखलढुंगामा उपचारका लागि पठाइएको सुनकोसी गाउँपालिकाका अध्यक्ष रुद्र अधिकारीले बताए। 

रोकेर राखेको अवस्थामा यात्रु चढ्न खोज्दा चिप्लिएर जीप भीरबाट १ सय ५० मिटर तल खसेको स्थानीयले बताए।घटनाको थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख अनन्तराम शर्माले जानकारी दिए। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.