स्वास्थ्यकर्मीलाई काममा फर्किन स्वास्थ्यमन्त्रीको निर्देशन, नटेरे 'कारबाही'

स्वास्थ्यकर्मीलाई काममा फर्किन स्वास्थ्यमन्त्रीको निर्देशन, नटेरे 'कारबाही'

काठमाडौं : उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले जुम्लामा अनशनरत डा. गोविन्द केसीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्। डा. केसीको उपचारका लागि स्वास्थ्य मन्त्री यादवको निर्देशनमा काठमाडौंबाट डा. जीवन थापा र डा. सुभाष सुवेदीको टोली बिहानै जुम्ला हिँडेको छ।

डा. थापा र सुवेदीद्वयको टोलीले नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालबाट थप चिकित्सकको टेली लिएर आजै जुम्ला पुग्ने स्वास्थ्य मन्त्री यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए। चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशनरत डा. केसीको समर्थनमा आन्दोलनमा उत्रिएका कर्णाली प्रदेशका स्वास्थ्यकर्मीहरूलाई तत्काल काममा फर्किन र विरामीहरूको सेवामा खटिन पनि स्वास्थ्य मन्त्री यादवले निर्देशन दिएका छन्।

उपचार पाउने नैशर्गिक अधिकारबाट जनतालाई बञ्चित नगर्न आग्रह गर्दै स्वास्थ्य मन्त्री यादवले अत्यावश्यक सेवा बन्द गरी आन्दोलन जारी राखेमा कानुन अनुसार कारबाही गरिने चेतावनी पनि दिएका छन्। स्वास्थ्यमन्त्री यादवले चिकित्सा क्षेत्र सुधारको विषय स्वास्थ्य मन्त्रालयसँग मात्र नजोडिएको भन्दै शिक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग निरन्तर छलफल भइरहेको र चाँडै नै सरकारले उपयुक्त निर्णय लिने पनि बताएको स्वकीय सचिव चौरसियाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.