मादक पदार्थ सेवनले हिंसा बढ्यो

मादक पदार्थ सेवनले हिंसा बढ्यो

ओखलढुंगाः जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा एक हप्ता अघि एक महिला पतिबाट पीडित भएको भन्दै उजुरी लिएर आइन्।उनले मादक पदार्थ सेवन गरेर पतिले कुटपीट र हिंसा गरेको गुनासो प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई सुनाइन्। 

पीडितको गुनासो सुनेपछि कार्यालयमा दर्ता भएका उजुरी अभिलेख हेर्दा प्रजिअ पन्त छक्क परे, जब उनी यस अघि पनि तीन पटक पीडित भएको भन्दै आएको र तीनै पटक मिलापत्र गरेर गएको तथ्यांक भेटियो।  

चौथो पटक पतिमाथि मुद्दा चलाउने तयारी गरेका पन्तले निवेदकले नै मिलापत्र गरेर जाने भन्दै कारबाही नगर्न आग्रह गरेपछि मिलेर गए। यो त एक उदाहरण मात्र हो। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा आउने अधिकांश हिंसाका घटनामा मादक पदार्थ सेवन गरेर कुटपीट गरेका घटना आउने गरेका छन्। 'धेरै घटना त मापसेका कारण हुने रहेछन्, अन्य जघन्य प्रकारका अपराध कमै छन्।'

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भने, 'सञ्चारकर्मीले यस्ता घटना उजागर मात्र होइन न्यूनिकरणका लागि उपाय पनि देखाउनुपर्‍यो।'जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा आउने घरेलु हिंसाका सबैजसो उजुरीमा मादक पदार्थ सेवन गरेर पतिले हिंसा गरेको उल्लेख हुन्छ। जिल्लाभर नै प्रहरीमा आउने उजुरी मादक पदार्थ सेवन गरेर हुने गरेको प्रहरी निरीक्षक शरण दाहालले बताए। उनले भने, 'मापसेकै कारण हिंसा हुने गरेको पाइएको छ, मेरो अनुभवमा यहाँ हिंसाका घटना हुने मुख्य कारण नै मापसे हो।'

जिल्लामा भएका मानवअधिकार हननका घटनाको तथ्यांकमा पनि महिला हिंसाका घटना धेरै भएको पाइएको छ। इन्सेकले सार्वजनिक गरेको तथ्यांकमा पछिल्लो छ महिनामा १४ वटा घरेलु हिंसाका घटना भएको उल्लेख छ।

तथ्यांकअनुसार जिल्लामा हत्या एक, बलात्कार दुई, बोक्सीको आरोप दुई वटा गरी २१ ओटा मानवअधिकार हनन्का घटना भएका छन्। हिंसा तथा अपराधका घटनामा संलग्न अधिकांश आरोपित मादक पदार्थ सेवन गरेर हिंसा गर्न उद्यत् हुने गरेको जनाइएको छ। 

मानवअधिकार हनन्का घटनामा कमी ल्याउन स्थानीय तहका न्यायिक समितिलाई प्रभावकारी बनाउनु पर्ने सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन श्रेष्ठले बताए। उनले हिंसाका घटना मिलापत्र हुने गरेको तर्फ संकेत गर्दै भने, 'मिलापत्रले सामाजिक सद्भाव कायम गर्ने र न्याय मिल्ने अवस्थामा मात्रै गर्नुपर्छ।' स्थानीय तहमा हिंसाका घटना मिलापत्र हुने गरेको गुनासो आउन थालेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.