दिनदहाडै पेस्तोल देखाएर साढे १६ लाख रुपैयाँ लुटियो

दिनदहाडै पेस्तोल देखाएर साढे १६ लाख रुपैयाँ लुटियो

बर्दिबास: कन्चटमा पेस्तोल तेस्याएर   महोत्तरीको मनरा सिस्वा नगरपालिका– ६ जाउँख चोक नजिकैबाट १६ लाख ५२ हजार नगद लुटिएको छ  ।सरपल्लो  बजारमा सञ्चालित प्रभु मनी ट्रान्सफरका लागि जलेश्वरको बैंकबाट ल्याउँदै गरेको रकम अज्ञात समुहले लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतले जनाए । 

ज ६ प ५७६४ नम्वरको मोटसाईकलमा आउँदै गर्दा प्रभु मनी ट्रान्सफरका कर्मचारी सञ्जीव साहको साथबाट दुईवटा मोटरसाइकलमा आएका चारजनाले रकम लुटेर भागेको प्रहरीले जनाएको छ । बर्दिबास–औरही–जलेश्वरको व्यस्त सडककै बीचबाट  दिनदहाडै रुकम लुटिएको हो ।

‘सञ्जीव सवार मोटरसाइकलाई माक्स लगाएरका लुटेराहरुले अगाडि र पछाडिबाट घेरा हाले । मोबाइल र मोटरसाइकलको साँचो खोसे,’ पीडितको भनाईलाई उधिृत गर्दै एसपी कडायतले भने,‘कन्चटमा पेस्तोल देखाए । रकम राखिएको कालो ब्याग खोसेर लुटेरा लुटेर भागे ।’

जलेश्वरस्थित प्रभु वैंकबाट २ लाख ५९ हजार र लक्ष्मी बैंकबाट १३ लाख ९३ हजार निकालेर प्रभु मनी ट्रान्सफरमा जाँदै गरेका साहको रकम लुटिएका थिए । लुटेराहरुले जलेश्वर–बर्दिवास सडकखण्ड अन्तर्गत पर्ने जाउँख चोक नजिक सुनसान ठाउँमा मोटरसाइकल रोक्न लगाई पेस्तोल तेस्र्याएर रकम लुटेर भागेका पीडितले प्रहरीलाई बताएका छन् ।

घटना मंगलबार साढे ३ बजेको भएपनि प्रहरीमा ढिलो खबर पुगेको थियो । प्रहरीले लुटाहरु पक्राउ नगरेको भन्दै बुधबार स्थानीयहरु ब्र्दिबास –औरही–जलेश्वर सडकखण्ड जाम गरेर प्रदर्शन गरेका छन् । लुटपाटको खबर पाए लगतै अपराधिहरुको खोजीका लागि त्यस क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको एसपी कडायतले दाबी गरेका छन् । 

गत बैशाख  ८ गते गौशाला–रामनगर–माइस्थान सडक खण्डबाट पनि पेस्तोल देखाएर करीब ११ लाख लुटिएको थियो । बजारबाट कलेक्सन गरे गौशालाबाट बर्दिबास फर्किदैं गर्दा ज.१ त. ८९९ नम्बरको सवारीलाई जंगलमा रोकेर साँझको समयकमा दिलसा सप्लायर्स बर्दिबासको रकम लुटिएको थियो । तर, लुटेरा अझै पक्राउ पर्न सकेका छैनन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.