छुवाछुत पीडित महिलाले गरिन् आत्महत्याको प्रयास

छुवाछुत पीडित महिलाले गरिन् आत्महत्याको प्रयास

 बर्दिबास : छुवाछुत र जातिय विभेदमा यातना भोगेकी दलित समुदायकी बुद्धिमाया विश्वकर्मा र उनी छोरीले न्याय पाइन् । असारर २४ गते जिल्ला अदालत महोत्तरीले उनीहरुको पक्षमा फैसला गर्याे। पीडकलाई जेल सजाय सुनाइयो ।

साथै १० हजार जरिवानासहित पीडितलाई ५० हजार क्षतिपुर्ति दिनु पर्ने फैसला अदालतले गर्याे ।तर, छुवाछुत र जातिय विभेदविरुद्धमा अदालतले दिलाएको न्याय समाजले पीडितलाई ‘निल्नु न ओक्लनु’ को वातावरण बनाइदिएको पीडित बताउँछन् ।

 अदालतले पीडकलाई जेल हाल्नेसम्मको कठोर सजाय सुनाएपछि ‘ तैले मुद्दा हालेर जेल पठाइस्’ भन्दै पीडितलाई समाजले दवाव बढायो । छुवाछुतपछिको यातनाले प्रताडित बुद्धिमायाले मानसिक तनाबले विष सेवन गरेर आत्महत्याकी प्रयास गरेकी छन् ।

‘अदालतले हामीलाई न्याय दियो,’पानी छोएको निहुँमा यातना भेगेकी बुद्धिमायाकी छोरी मनिषाले भनिन्,‘तर, अदालतको फैसला समाजले स्वीकार गर्न मानेको छैन । हाम्रो पक्षमा फैसला भयो । कुट्नेहरु जेल जाने भए । त्यसैले हामीमाथि छिमेकीहरु लगाएर पीडकले झन् झ्न दवाव दिइरहेको छ ।’
 

समाजमा कसैले कसैलाई छुवाछुत गर्नु हुदैंन स्कूलमा पढेको सम्झिदैं कक्षा ९ मा अध्ययनरत मनिषाले थपिन्,‘दुई घर हामी दलित विश्वकर्मा छौं ।  धेरै अन्य जातिको घर छ । उनीहरु भन्छ, दलितसँग नबोल हैं । मुद्दा लगाइदिन्छ ।’ यसले हामीमाथि जंगली व्यवहार थपिएको उनले भनिन् ।

विष सेवनपछि अस्पताल भर्ना भएकी आमाको कुरुवामा भेटिएकी मनिषालाई स्कुलमा सरले पढाएको र समाज गरेको व्यवहार उल्टो भएपछि उनलाई दुःख लागेको छ । उनी भन्छिन्,‘अदालतले हाम्रो परिवारलाई न्याय गर्याे तर छरछिमेकीले जंगली व्यवहार गरे । छरछिमेकीहरुले हामीलाई दुुस्मन जस्तै ठानेका छन् । बोली बन्द गरिसके ।’

वैशाख १५ गते साँझ पानी छोएको निहुँमा कमला गिरी र उनका भन्जा रामबाबु दाहालले बुद्धमाया र उनी छोरी मनिषालाई गाली गर्दै कुटपीट गरेका थिए । जातिय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ को दफा ३ बमोजिमको र दफा ४(३) बमोजिमको कसुर गरेको ठहर गर्दै पीडक कमला गिरी र रामबाबु दाहाललाई असार २४ गते न्यायाधीश दण्डमणि शर्माको इजलासले जरिवाना र क्षतिपूर्तिसहित जेल सजायको फैसला सुनाएको थियो ।

कुटपिटका मुख्य अभियुक्त गिरीलाई ६ महिना सजाय तोकिएको छ  भने दाहाललाई २ महिनाको कैद सजाय छ । विश्वकर्मा समाज प्रदेश २ का अध्यक्ष तथा दलित अधिकारकर्मी मिन रहपालले पीडितको न्यायको लागी चन्दा संकलन गरेर मुद्दा लडेका थिए । पीडितको पक्षबाट अधिवक्ता दिपककुमार मिश्रले वकालत गरेका थिए ।
 न्याप पाएपछि पीडित खुशी भए । तर पीडित परिवारको खुशी तीन दिनपछि झन् पीडामा फर्कियो । छिमेकीको दवावले बुधबार बुद्धमायाले विष सेवन गरेर आत्महत्या सम्मको प्रयास गर्न बाध्य भइन् ।

उनको बर्दिबास स्थित शुभ स्वस्तिक हस्पिटलमा उपचार भइहरेको छ । स्वास्थ्य अवस्था सुधार उन्मुख छ । तर, उनलाई उपचारमा आर्थिक समस्या छ ।
बुद्धमायाकी श्रीमान रामबहादुर विश्वकर्मा पोखरामा घर निर्माण ज्यामी गर्छन् । 
 

आर्थिक अभावले बुद्धमायालाई अस्पतालबाट परिवारजनले ‘डिस्चार्ज’ गराउन सकेका छैनन् । ‘अस्पताल खर्च उपलब्ध गराइदिन सबैमा अनुरोध गर्दछु,’ दलित अधिकारकर्मी मिन रहपालले भने, ‘पीडितको स्वास्थ्य अवस्था ठीक भएपछि समाजमा पुर्नस्थापनाको लागि वातावरण बनाउँछौं ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.