युवा विदेशिएपछि रोपाइँमा समस्या

युवा विदेशिएपछि रोपाइँमा समस्या

बर्दिबास : ‘धान रोप्न कामदार पाइँदैन । ट्र्याक्टरको जोताई त्यतिकै महँगो छ । मल पाउन मुस्किल भयो’, धान रोपाइँका लागि ब्याडमा बीउ उखेल्दै गरेका बर्दिबासका विष्णु फुयाँलले भने, ‘दश कठ्ठामा धान रोप्न पनि समस्या भयो ।’

लामो खडेरीपछि बर्खा लाग्यो । रोपाइँ चलिरहेको छ । दुःखका साथ रोपाइँका लागि विष्णुले खेत तयारी गरेका छन् । तर, ज्यामी पाइँदैन । पाए पनि तीन घण्टाकै तीन सय ५० रुपैयाँ ज्याला माग्छ । ‘युवा सबै कमाउन विदेश गए । कामदार पाइन छाड्यो’, उनले भने, ‘गाउँमा भएका युवाले कृषि कर्म गर्न चाहँदैनन् ।’ खाने मान्छे बढेको, उत्पादन घट्दै गएको र खाद्यान्नमा परनिर्भरता बढेको उनले बताए ।

बर्दिबासका ५५ वर्षीय किसान नरबहादुर कार्कीलाई यतिबेला भ्याइनभ्याइ छ । रोपाइँका लागि उनी बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म खट्छन् । १७ कठ्ठामा रोपाइँ सक्न उनलाई सकस छ । रोपाहार र खेताला नपाएर घरका सबै परिवार रोपाइँमा व्यस्त छन् । ‘खाजा र खाना खेतकै आलीमा खाइन्छ’, उनले भने, ‘कामदार पाउनै मुस्किल छ । वर्षभरीको बाली लगाउनै प¥यो ।’

सरकारले प्रदान गर्ने सहुलियत दरको मलखाद बीउवीजन ग्रामीण भेगको किसानको हात नपरेको कृषक इन्दिरा कार्कीले बताइन् । ‘बजारबाट ल्याएको धान बीउ राम्रो हुँदैन । कहिले फल्छ । कहिले दाना लाग्दैन’, उनले भनिन् ।

गाउँभरी नै रोपाइँ चलेको छ । पहिलाजस्तो हलगोरुबाट आजकल धान खेत जोतिँदैन । गाउँमा गोरु पाल्ने चलन हटिसक्यो । धनीले ट्र्याक्टर किनेका छन् खेती गर्न । उनीहरूलाई रोपाइँमा सजिलो छ । तर, गरिब किसानलाई न गोरु पाल्न सहज छ न त सरकारले सहुलियत दरमा हाते ट्र्याक्टर नै दिएका छन् । धान रोप्न समस्यै समस्या रहेको बिजलपुरा किसान हरी महतोले जनाए ।

वर्षाको पानीको भरमा धान खेती गर्दै आएका किसानलाई रोपाइँपछि पानी नपर्दा समस्या हुँदै आएको बर्दिबासका अर्का किसान हरि पौडे्ल बताउँछन् । ‘सबैभन्दा ठूलो समस्या सिँचाइकै छ’, उनले भने ।

परि श्रम गरेर किसानले उब्जाएको धानको उचित मूल्य नपाउँदा किसान कृषि खेतीबाट निराश बनेका अर्का किसान रामप्रसाद फुँयालले सुनाए । ‘मरीमरी किसानले उब्ज्याउँछन् । उत्पादन बिक्री गर्ने बेला बिचौलिया मालामाल हुन्छ । किसान जस्ताको त्यस्तै ।’ सरकारले कृषि उत्पादनको भाउँ तोक्नु पर्ने उनले माग गरे ।

महोत्तरीमा करिब ४६ हजार हेक्टरमा धान खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत दिनेशप्रसाद यादवले जनाए । यहाँ सर्व सव १, सम्भ सव मंसुली १, बासमती, हर्दिनाथ, रामधानजस्ता जातका धानको खेती हुने गरेको छ ।

अद्र्धसिञ्चित भूमिका कारण सुक्खा भए धान खेती पूर्णरुपले प्रभावित हुन्छ भने, बढी पानी परे धान खेती डुबानमा पर्ने अर्को खतरा रहन्छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.