दुर्घटना घटाउन सडकमै गाडी जाँच

दुर्घटना घटाउन सडकमै गाडी जाँच

 जनकपुरधाम :  सवारी दुर्घटना न्यूनीकरण गर्न सडकमै यान्त्रिक जाँच गरी प्रहरीले चालकलाई सचेत गराउन थालेको छ। चालकलाई सवारी साधनको अवस्था कस्तो छ भनेर बुझाउन प्राविधिकबाटै यान्त्रिक जाँच गराएर कमीकमजोरी देखाउँदै सडक सभ्यता अभिवृद्धि तथा दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम थालिएको प्रहरीले जनाएको छ।

प्रदेश २ का प्रहरी नायब महानिरीक्षक दिनेश अमात्य नेतृत्वको टोली शुक्रबार प्राविधिकसहित पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाका विभिन्न ठाउँमा खटिएको थियो। त्यस क्रममा ढल्केवर र लालगढ सडकखण्डमा दर्जनौं यात्रुवाहक सवारी साधन जाँच गरी यात्रा गर्न मिल्ने÷नमिल्ने अवस्थाबारे चालकलाई अवगत गराइएको थियो। प्राविधिकले गाडीका पांग्रामा हावा भरिएको वा नभएको, बत्ती बले÷नबलेको, वाइपर दुरुस्त रहे÷ नरहेको, यात्रुलाई सिट क्षमताबमोजिम राखिएको वा बढी कोच्चिएर यात्रा गरिएकोलगायत जाँच गरेका थिए। सवारी साधनमा भएका कमजोरीबारे चालकलाई सचेत पार्दै यथाशीघ्र गाडी दुरुस्त गर्न निर्देशन दिइएको थियो।

४ सय सवारी साधनको जाँच गर्दा सबैभन्दा बढी समस्या पांग्राको प्रेसर नमिल्नु देखिएको प्राविधिक जाँचमा खटिएका इन्जिनियर अजितकुमार मि श्रले बताए। ‘अधिकांश चालकले पांग्रामा कति प्रेसर राखे सन्तुलित रूपमा गाडी गुड्छ भन्ने बुझेका छैनन्’, उनले भने, ‘प्रेसरको सन्तुलन मिलेन भने गाडी अनियन्त्रित भई दुर्घटना हुने सम्भावना हुन्छ।’ उनका अनुसार वर्षाका बेला गाडी गुडाउँदा वाइपर सही रूपमा चल्नुपर्ने हुन्छ तर अधिकांश गाडीमा वाइपर चले पनि रिजर्भ ट्यांकमा पानी नहुँदा अगाडिको सिसा पुछ्न सक्ने देखिएन। यस्तो अवस्थामा झरीमा गाडी चलाउँदा दुर्घटनाको जोखिम हुन सक्ने उनले सुनाए।

‘हामीले यान्त्रिक जाँच गरिएका सबै गाडीको नम्बर, चालकको नाम र ठेगाना टिपोट गरेका छौं। चालकलाई प्रतिबद्धतापत्रमा हस्ताक्षर गराई सवारी साधन दुरुस्त गर्न अनुरोध गरिएको छ’, मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाकी प्रमुख प्रहरी उपरीक्षक किरण वज्राचार्यले भनिन्, ‘एक साताभित्र हामी अभियानलाई दोहो¥याउनेछौं, सो बेला सवारी साधनका त्रुटि ठीक पाइएन भने कारबाही प्रक्रियामा लगिन्छ।’

दुर्घटना न्यूनीकरणका लागि चालकलाई कारबाही वा ट्राफिक नियमका कक्षा लिनु मात्र पर्याप्त नरहेकाले यान्त्रिक जाँच गराउँदै सचेतना दिने सोच बनाइएको प्रहरी नायब महानिरीक्षक अमात्यले बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.