स्थायी राजधानी विराटनगरमै राखिने

स्थायी राजधानी विराटनगरमै राखिने

विराटनगर : प्रदेश सरकारले मोरङको विराटनगरलाई नै प्रदेश १ को स्थायी राजधानी बनाउने गरी तयारी थालेको छ । मुख्यमन्त्री शेरधन राईको आह्वानमा स्थायी राजधानी र नामको टुंगो लगाउने विषयमा अन्तरपार्टी छलफल तीव्र भएको छ ।

सरकारले साउनभित्र प्रदेशको राजधानी र नाम टुंगो लगाउने तयारी गरेको छ । मुख्यमन्त्री राईले यसबारे आफ्नो पार्टीमा छलफललाई घनीभूत बनाउने बताएका थिए । उनले यसबारे एक चरण सबै दलसँग छलफल गरिसकेको जनाइएको छ । उनी शुक्रबार प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक सकाएर संघीय राजधानी काठमाडौंतिर लागेका छन् । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले दलका केन्द्रीयस्तरका नेतासँग राजधानी र नामकै विषयमा छलफल गर्न मुख्यमन्त्री काठमाडौं गएको बताए ।

‘यहाँ मात्र होइन, केन्द्रमा पनि छलफल गरेर प्रदेशसभाबाट राजधानी र नामको विषय टुंग्याउँदै छौं’, मन्त्री कार्कीले भने, ‘सुरक्षालगायत सबै दृष्टिले विराटनगर नै राजधानी कायम हुने देखिएको छ ।’ प्रदेशसभा एकातिर अनि राजधानी र मन्त्रालय अर्कोतिर हुँदा सुरक्षालगायत विषयले अप्ठेरो पर्ने उनको भनाइ छ । तर, अन्यत्र पनि सरकारका निकाय विस्तार गरिने उनले स्पष्ट गरे ।

दुईवटा प्रदेशले राजधानी र नामको टुंगो लगाइसकेका बेला अब प्रदेश १ पनि एक महिनाभित्र टुंगोमा पुग्ने उनको भनाइ छ । ‘यो विषय हटकेकजस्तो भयो, अब उच्च नेतृत्वसँग छलफल र सुझावसमेत लिएर टुंगोमा पुग्दै छौं’, उनले भने, ‘हामी राजधानी टुंगो लगाउने तेस्रो प्रदेश बन्ने दौडमा छौं । संसद्का दलहरूसँग हामीले केही समयअघि छलफल गरेका थियौं, अब आफ्नो दलको व्यवस्थापन गरी अन्यसँग छलफल गरिनेछ ।’

विराटनगरको विकल्पका रूपमा आएका धनकुटा, धरान, इटहरी, गोठगाउँलगायत ठाउँका आआफ्नो महŒव रहेको सुनाउँदै उनले सबैले अपनत्व महसुस गर्ने गरी निष्कर्ष निकालिने दाबी गरे । प्रदेश राजधानी दाबी गर्ने सबै सहरको महŒव, इतिहास, संस्कृति, फाइदा र बेफाइदा आआफ्नै ढंगको भएको उनको भनाइ छ ।

‘यहाँ मात्र होइन, केन्द्रमा पनि छलफल गरेर प्रदेशसभाबाट राजधानी र नामको विषय टुंग्याउँदै छौं । विराटनगर नै राजधानी कायम हुने देखिएको छ ।’ हिक्मत कार्की, मन्त्री, आन्तरिक मामिला तथा कानुन

उनका अनुसार प्रदेशको नाम र राजधानी दीर्घकालीन प्रभाव पार्ने विषय भएकाले सबैसँगको छलफलपछि टुंगोमा पुग्ने तयारी छ । यो प्रदेशको नामकरणका लागि विकल्पका रूपमा सगरमाथा, कोसी, किरात, लिम्बुवान, कञ्चनजंघा, मेचे, विराट आदि नाम आएका छन् । यो विषयमा एकताबद्ध नभए संसद्बाट टुंगोमा पुग्ने प्रदेश सरकारको तयारी छ ।

राजधानीका लागि विराटनगर नै उपयुक्त हुने कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए । ‘ऐतिहासिक, उपलब्ध भौतिक पूर्वाधार, जनघनत्व आदि विषयले पनि विराटनगर राजधानी बन्न उपयुक्त छ’, उनले भने । सर्वसम्मतिका आधारमै राजधानीको विषयलाई टुंगोमा पु¥याउन आफूहरूले सुझाव दिएको उनको भनाइ छ । तर, सत्तारुढ नेकपाकै कतिपय प्रदेशसभा सदस्यले विराटनगरको साटो अन्यत्रै प्रदेश राजधानी हुनुपर्ने भन्दै लबिङ गरिरहेका छन् । यसअघि सरकारले विराटनगरलाई प्रदेशको अस्थायी मुकाम (राजधानी) तोकेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.