झरना घुम्न रोक : होटलवालालाई भाडा तिर्नै धौधौ

झरना घुम्न रोक : होटलवालालाई भाडा तिर्नै धौधौ

धनकुटा : सुनसरी खनारका श्रीप्रसाद यादव बुधबार दिउँसो भेंडेटारस्थित नमस्ते झरना आइपुगे । झरना प्रवेशद्वारमा ताल्चा झुन्डिएको देखेपछि उनी निराश हुँदै फर्किए ।

उनीजस्तै धेरै पर्यटक गर्मीका बेला दिनहुँ झरनामा रमाउन आउने गर्छन् । तर, झरना घुम्न नपाउँदा त्यत्तिकै फर्किने गर्छन् । झरनाको चिसो पानीमा रमाउँदै गरेका इटहरीका एक व्यक्तिको जेठ अन्तिम साता ढुंगा लागेर मृत्यु भएपछि व्यवस्थापन समितिले झरना प्रवेशमा रोक लगाएको छ । समितिले सर्वपक्षीय छलफल गरी असार १ गतेदेखि पर्यटकलाई झरना प्रवेशमा रोक लगाएको हो । यससँगै झरना आसपास सञ्चालित तीन दर्जनभन्दा बढी होटल अहिले सुनसान बनेका छन् ।

पाँच वर्षदेखि होटल सञ्चालन गरिरहेका केशव तामाङका अनुसार झरना प्रवेशमा रोक लागेसँगै होटलको भाडा तिर्न पनि ऋण खोज्नुपर्ने अवस्था आएको बताए । ‘केही महिनाअघिसम्म ग्राहकको अर्डर पूरा गर्न भ्याइनभ्याइ हुन्थ्यो । एकछिन फुर्सद हुँदैनथ्यो’, उनले भने, ‘तर, अहिले सुनसान होटल रुघेर दिन काटिरहेका छौं ।’ सम्बन्धित निकायले छिटो पूर्वाधार बनाएर झरना प्रवेश खुला गर्नुपर्ने उनको भनाइ छ ।

धरानबाट आएर एक महिनादेखि होटल सञ्चालन गरिरहेका गोपाल विष्टले भने, ‘अरू बेला होटलको कारोबार राम्रो हुन्थ्यो तर अहिले ठप्प छ ।’

धेरै व्यवसायीले घर भाडामा लिई होटल सञ्चालन गरिरहेका छन् । एक व्यवसायीले १५ देखि २० हजार रुपैयाँसम्म घरभाडा तिर्ने गरेको जनाइएको छ । तर, कारोबार ठप्प भएको महिना पुगिसक्दा आफूहरू मारमा परेको विष्टले बताए ।

व्यवसायीका अनुसार प्रत्येक होटलमा भौतिक संरचनाबाहेक ५ लाख रुपैयाँ लगानी छ । अधिकांशले बैंकबाट ऋण लिएर होटल सञ्चालन गरेका हुन् ।

झरना हेर्न दैनिक कम्तीमा १५ सयसम्म पर्यटक आउँथे । यहाँ आउने अधिकांश पर्यटक भारतीय रहेको जनाइएको छ तर अहिले पर्यटक आगमन शून्यप्रायः छ । पर्यटक आउने सिजनकै बेला कारोबार शून्य हुँदा खर्च धान्न गाह्रो परेको व्यवसायीको भनाइ छ ।

झरना वरिपरि ढुंगा खस्न सक्ने ठाउँमा तारजाली लगाउने काम भइरहेकाले पर्यटकलाई रोक लगाइएको व्यवस्था समितिका अध्यक्ष दिलीप सुब्बाले बताए । झरना प्रवेशमा रोक लगाइएको सूचनाको ब्यानर विभिन्न ठाउँमा टाँसिए पनि दैनिक सयौं पर्यटक आएर निराश भई फर्किने गरेको उनको भनाइ छ । यहाँको असर भेंडेटार, धरान र इटहरीमा सञ्चालित होटल व्यवसायमा पनि पुगेको उनले सुनाए । ‘यहाँ घुम्न आउने पर्यटकले स्थानीय कृषिजन्य वस्तु किनेर लैजान्थे’, उनले भने, ‘शनिबार त हाट लागेजस्तै हुन्थ्यो तर अहिले सुनसान छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.