ट्यांकरमा सेन्सरसहितको 'लक सिस्टम', तेल चोरी रोकिने

ट्यांकरमा सेन्सरसहितको 'लक सिस्टम', तेल चोरी रोकिने

विराटनगर: नेपाल आयल निगमको प्रदेश नं १ को कार्यालय विराटनगरले निगमको तेल ढुवानी गर्ने ट्यांकरमा आजदेखि यहाँ आधुनिक ‘लक सिस्टम’ लागू गरेको छ । 

निगमका कार्यकारी निर्देशक सुशील भट्टराई र मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले संयुक्तरुपमा लक सिस्टमको उद्घाटन गरे । 

त्यस अवसरमा निगमका कार्यकारी निर्देशक भट्टराईले सबै पक्षको सहमति आएको आधुनिक लक सिस्टमले तेलको गुणस्तर कायम राख्नेलगायत उद्देश्यमा सहयोग पुग्ने हुने विश्वास व्यक्त गरे । 

प्रजिअ आचार्यले आधुनिक प्रविधिको रुपमा आएको लक सिस्टमलाई सबैको सहयोगमा सफल बनाउनु पर्ने बताए । लक सिस्टम लागू भएसँगै आयल निगमका ३४० ट्यांकरमा ताला लगाएको छ । 

लक सिस्टम (ताला) भारतमा तेल भर्दा लाग्ने र नेपाल आयल निगमको डिपोमा मात्रै लक खुल्ने आयल निगमले जनाएको छ । सेन्सरसहितको उक्त लक सिस्टम लगाएपछि तेल चोरी हुने, गुणस्तरमा तलमाथि हुने र विवादलगायत समस्या समाधान हुने आयल निगमको भनाइ रहेको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.