शौचालयमा जन्मियो बच्चा

शौचालयमा जन्मियो बच्चा

विराटनगर : मोरङको सुनवर्षी नगरपालिका–९ की २६ वर्षीया दौलतीकुमारी साहको तल्लो पेट शनिबार बिहानदेखि दुख्न थाल्यो। परिवारका सदस्यले घरमै तातो झोलिलो खानेकुरा दिएर केही बेर पर्खिए। तर, सुत्केरी व्यथाले च्यापेको निश्चित भएपछि उनीहरूले स्वास्थ्य संस्था लैजान ढिलो गरेनन्।

स्थानीय रञ्जितकुमार साहले फुपूकी छोरी दौलतीलाई स्वास्थ्य चौकीसम्म पु¥याए तर चिकित्सक भेटिएनन्। कार्यालय सहयोगीले नर्स पनि नरहेको जवाफ दिए। ‘स्वास्थ्य संस्थामा कार्यालय सहयोगी मात्र थिए। म त के गर्नु÷नगर्नु भएँ’, रञ्जितले भने, ‘बहिनीलाई पीडा झन् कठिन भएको थियो, शौचालय पसेकी थिइन्, त्यहीं बच्चा जन्माइछन्।’

प्रसूति कक्ष हेर्ने स्वास्थ्यकर्मी नभएपछि दौलतीले शौचालयमै छोरी जन्माएकी हुन्। प्रसूति विभाग प्रमुख कञ्चन सिंहले यसबारे आफूलाई ढिलो मात्र जानकारी प्राप्त भएको सुनाइन्।

स्थानीय स्वास्थ्य चौकीमा चार जनाको दरबन्दी छ भने नगरपालिकाले सात जना थप व्यवस्था गरेको छ। तर, उनीहरू स्वास्थ्य संस्थामा नबस्दा गर्भवतीले शौचालयमा बच्चा जन्माउन बाध्य हुनुपरेको भन्दै रञ्जितले आक्रोश पोखे। केही महिनाअघि रातको समयमा आएकी एक गर्भवतीले स्वास्थ्य संस्थाको परिसरबाहिरै बच्चा जन्माएको स्थानीय अमरेन्द्र झाले बताए। भने, ‘यहाँ उपचारमा एकदमै हेलचेक्र्याइँ हुने गरेको छ।’

स्वास्थ्य चौकीमा गत फागुनमा प्रसूति सेवा सुरु भएको थियो। यहाँ हालसम्म आठ जनाले सुरक्षित तवरले बच्चा जन्माएका छन्। यो स्वास्थ्य चौकीमा डायनिया, सिक्टी, कुडेली, झपरतललगायत ठाउँका विपन्न परिवार स्वास्थ्य सेवाका लागि आउँछन्। वडाध्यक्ष कमलकिशोर सिंहले स्वास्थ्य कर्मचारीले उपचारमा लापरवाही गर्न नहुने बताए। ‘यो घटनाको छानबिन गरी कारबाही गर्छौं’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.