भूमिसुधारका नायब सुब्बा ३० हजार घुससहित पक्राउ
काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमिसुधार कार्यालय बिराटनगरका एकजना नायब सुब्बालाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
एकजना सेवाग्राहीको मोहियानी हक मिलाउने भन्दै खतिवडाले ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियारको क्षेत्रीय कार्यालय इटहरीबाट प्रहरी निरीक्षक राजन कार्कीको कमाण्डमा खटिएको टोलीले पक्राउ गरिएको हो ।
घुससहित पक्राउ गरिएका खतिवडालाई अहिले इटहरीस्थित अख्तियारको क्षेत्रीय कार्यालयमा ल्याइएको छ । उनीमाथि थप कारबाहीका लागि सोमबार काठमाडौँ ल्याउने तयारी अख्तियारले गरेको छ ।