फेरि सँगै आए कार्टुन्ज क्रु र प्रियंका कार्की (भिडियोसहित)
काठमाडौँ: नेपालको चर्चित नृत्य समूह कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको 'पानी कुवाको' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । क्रुका सबै सदस्यहरु नेपाली पोशाकमा देखिएको यो भिडियमा चर्चित अभिनेत्री प्रियंका कार्कीलाई पनि देख्न पाइन्छ।
यो भिडियोमा आश्मा विश्वकर्मा गुन्यू चोलीमा सजिएकी छिन् भने सरोज लगायत क्रुका अन्य सदस्यहरु दौरा सुरवाल र इस्टकोटमा देखिएका छन् । भिडियोमा प्रियंका कार्कीले छोटो भुमिका निर्वाह गरेकी छन् ।
गीतमा सरोज ओली र स्मिता दाहालले आवाज दिएका छन् । दिनेश थपलियाको शब्दमा रहेको गीतमा संगीतकार वसन्त सापकोटाले संगीत दिएका छन् ।
कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सौरभ लामाले छायांकन गरेका हुन् । उदयराज पौडेलको एरेन्जको गीतलाई उज्वल श्रेयान महतले मिक्सिङ र अर्जुन जिसीले सम्पादन गरेका छन् ।
भिडियो
प्रतिक्रिया दिनुहोस !