नेकपा सचिवालय बैठकमा 'गोविन्द केसी' एजेन्डा
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। बिहान ९ बजेदेखि सुरु भएको बैठकमा प्राध्यापक डा. गोविन्द केसीले उठाएका मागबारे छलफल हुने स्रोतले जनाएको छ।
चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता गर्ने तयारी भए पनि प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण त्यो सम्भव हुन नसकेका बेला नेकपाले सचिवालय बैठकमा त्यसलाई एजेन्डा बनाइएको हो।गोविन्द केसी माथेमा कार्यदलको प्रतिवेदनअनुसार चिकित्साशिक्षा विधेय संसदमा दर्ता गर्नुपर्ने माग गर्दै १९ दिनदेखि कर्णाली प्रदेशको जुम्लामा अनसन बसिरहेका छन्।
उनको अनसन र उनले उठाएका मागबारे नेकपाभित्र नेताहरूबीच फरक फरक धारणा भएकोले त्यसमा समान धारणा बनाउनेगरी बैठक बसेको एक नेताले जानकारी दिए।
यसैबीच, केसीका प्रतिनिधि र सोमबार गठित सरकारी वार्ता टोलीबीच शिक्षा मन्त्रालयमा सुरू भएको छ । सोमबार राति भएको पहिलो चरणको वार्तामा कुनै सहमति नजुटेपछि दोस्रो चरणको वार्ता शिक्षा मन्त्रालयमा बिहानदेखि सुरू भएको हो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बराल नेतृत्वको वार्ता टोली बनाएको थियो।
प्रतिक्रिया दिनुहोस !