भारतले रोक्दा गोलभेंडा बिक्नै गाह्रो

भारतले रोक्दा गोलभेंडा बिक्नै गाह्रो

धनकुटा : सहिदभूमि गाउँपालिका-६ थलेथलेका राजकुमार राईले ३ हजार गोलभेंडा बिरुवा रोप्दा गत वर्ष २ लाख रुपैयाँ नाफा कमाए । यो सिजनमा झन्डै ५ हजार बिरुवा रोपेका उनको १० रोपनी जग्गामा अहिले गोलभेंडा पाकेर राताम्मे भएको छ । तर, बिक्री नहुँदा उनी निराश छन् ।

वडा नम्बर ३ का पुष्ट राईको सात रोपनी बारीमा पनि गोलभेंडा पाकेर बारीमै कुहिन थालेको छ । उनले गत वर्ष खर्च कटाएर ५ लाख रुपैयाँ आम्दानी गरेका थिए ।

बजार र भाउ नपाउँदा गोलभेंडाको व्यावसायिक गर्दै आएका किसान निराश बनेका छन् । भारतले गोलभेंडा आयातमा रोक लगाएको भन्दै व्यापारीले खरिद नगर्दा किसानलाई सास्ती भएको हो । गत वर्ष यही बेला किसानले गोलभेंडाको भाउ प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्म पाएका थिए । तर, अहिले प्रतिकिलो ५ रुपैयाँमा पनि बिक्न छाडेको स्थानीय राजकुमार राईले बताए । सस्तोमा बिक्री गर्नुभन्दा बरु बारीमै कुहियोस् भनेर आफूले गोलभेंडा नटिपेको उनको भनाइ छ । ‘५ लाख लागत खर्चसमेत नउठ्ने भएपछि निद्रा हराएको छ’, उनले भने ।

पहिला घरमै आएर गोलभेंडा मोलमोलाइ गरी अग्रिम भुक्तानी दिएर जाने व्यापारीले अहिले फोन गर्दा पनि बेवास्ता गर्न थालेको किसान पुष्टले बताए । गत वर्ष प्रतिकिलो ७० रुपैयाँसम्म गोलभेंडा बिक्री गरेको तर अहिले ३ देखि ५ रुपैयाँमा पनि बिक्न गाह्रो परिरहेको थलथलेकी भावना राईले बताइन् । सिजनको अन्तिमसम्ममा पनि यस्तै अवस्था रहे किसान धेरै मारमा पर्ने मानबहादुर राईको भनाइ छ ।

वडा नम्बर ६ स्थित घुमाउनेडाँडा कृषि सहकारीका अध्यक्ष चन्द्रबहादुर विष्टले गोलभेंडालाई कच्चा पदार्थका रूपमा प्रयोग गरी खाद्य परिकार बनाउनेतिर ध्यान दिनुपर्ने बताए ।

सहिदभूमि गाउँपालिकामा गत वर्ष पौने ५ हजार मेट्रिक टन गोलभेंडा उत्पादन भएको थियो । गाउँपालिकाभित्रका किसानले ११ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेका थिए । सहिदभूमि गाउँपालिका कृषि विकास शाखाका प्राविधिक सहायक रत्नबहादुर ठाडा मगरका अनुसार ३ हजार ८ सय ८६ घरपरिवारमध्ये करिब ८० प्रतिशत गोलभेंडाको व्यावसायिक खेती गर्छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.