पानी छुँदा कुटिएकी महिला आईसीयूमा

पानी छुँदा कुटिएकी महिला आईसीयूमा

बर्दिबास : छूवाछूत र जातीय विभेदको सिकार भएकी महोत्तरी बर्दिबास–४ भब्सीकी दलित महिला बुद्धमाया विश्वकर्माको काठमाडौंमा आईसीयूमा राखेर उपचार भइरहेको छ । शनिबार बर्दिबासबाट थप उपचारका लागि ग्रिन सिटी हस्पिटल बसुन्धारा काठमाडौं रेफर भएकी उनलाई आईसीयूमा राखी उपचार गराइएको छ । पानी छोएको निहुँमा कुटिएकी उनलाई अदालतले न्याय दिए पनि समाजिक बहिष्करणमा परेपछि बुद्धमायाले असार २७ गते विष सेवन गरी आत्महत्याको प्रयास गरेकी थिइन् ।

‘बुद्धमायको स्वास्थ्य अवस्थामा राम्रो सुधार भयो’, हस्पिटलका प्रमुख लोकबहादुर टण्डनले अन्नपूर्णसँग भने, ‘गम्भीर रहेकी उनलाई हामीले आईसीयूमा राखेर उपचार गरिहेका छौं ।’

ग्रिन सिटी हस्पिटलले बुद्धमायाको उपचार निःशुल्क गरिरहेको छ । बुद्धमायालाई समाजले बहिष्कार गरेको सुन्दा आफूलाई दुःख लागेको बताउँदै हस्पिटल सञ्चालक टण्डनले भने, ‘उनको आर्थिक अवस्था कमजोर छ । त्यसैले उनको जीवनरक्षाका लागि निःशुल्क उपचार व्यवस्था मिलायौं ।’ शनिबारसम्म उनी डिस्चार्ज भएर घर फर्किने हस्पिटलले जनाएको छ । यता बुद्धमायालाई समाजमा पुनस्र्थापनाका लागि पहल थालिएको छ ।

‘बुद्धमायालाई दबाब दिनेहरूको खोजी गरिरहेका छौं’, स्थानीय दुर्गाबहादुर कार्कीले भने, ‘बुद्धमायाले समाजमा न्याय नपाएको सुन्दा हामीलाई अचम्म लागिरहेको छ ।’

समाजले सधैंका लागि छूवाछूतको व्यवहार अन्त्य गर्ने देवी बराइलीले बताए । ‘जात सानो ठूलो हुँदैन । सबैले सबैलाई सम्मान गर्नुपर्छ’, राजनीतिकर्मी सोमबहादुर कार्कीले भने, ‘मर्दा पर्दा सबैलाई समाज चाहिन्छ, त्यसैले सबै मिलेर बस्नुको विपल्प छैन ।’

बर्दिबास नगरपालिका–४ वडाध्यक्ष दलबहादुर कार्कीले ग्रामीण भेगमा समाजिक विकृति विसंगतिविरुद्ध जनचेतना मुलक अभियानको खाँचो रहेको बताए । ‘बुद्धमायाको पुनस्र्थापनाका लागि वातावरण बनाउँछु’, उनले भने, ‘मलाई सरकारले दिने सेवा सुविधा कटौती गरेर उनलाई सम्मानित जीवन बाँच्न सहयोग गर्छु ।’

पानी छोएको भन्दै बुद्धमाया र उनकी छोरी मनीषामाथि दुव्र्यवहार तथा कुटपिट गर्नेलाई जिल्ला अदालत महोत्तरीले असार २४ गते ६ महिना कैद र ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय सुनाए पनि सामाजिक बहिष्करणका कारण उनले आत्महत्याको कोसिस गरेकी थिइन् ।

पानी छोएको निहुँमा वैशाख १५ गते साँझ छिमेकी कमला गिरी र उनका भन्जा रामबाबु दाहालले बुद्धमाया र छोरी मनीषालाई गाली–बेइज्जत गर्दै कुटपिट गरेका थिए । जातीय भेदभाव तथा छूवाछूत कसुर र सजाय ऐन २०६८ को दफा ३ बमोजिम को र दफा ४(३) बमोजिमको कसुर गरेको ठहर गर्दै पीडक कमला गिरी र रामबाबु दाहाललाई न्यायाधीश डण्डपाणि शर्माको इजलासले सो सजाय सुनाएको थियो ।

कुटपिटका मुख्य अभियुक्त गिरीलाई ६ महिना सजाय तोकिएको छ भने दाहाललाई ३ महिना कैद सुनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.