जीवितै छन् प्रहरी जवान कमल उपाध्याय

जीवितै छन् प्रहरी जवान कमल उपाध्याय

जुम्लाः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीकै गोली लागेर गम्भीर घाइते भएका प्रहरी जवान कमल उपाध्यायको अहिले पनि अप्रेशन जारी छ । डा गोविन्द केसीको अनशनलाई साथ दिन प्रतिष्ठानमा जम्मा भएका विद्यार्थीलाई हटाउन भिडमा पसेका बेला प्रहरीकोतर्फबाट हानिएको गोली उनको दाहिने छातीमा लागेको थियो । 

प्रतिष्ठानमै चिकित्सकहरुले गरेको एक्सरेमा उनको दाहिने छाती भित्र गोली भेटिएको छ । त्यही गोलीलाई निकालेर कमलको ज्यान बचाउने कोशिसमा अहिले पनि चिकित्सकहरु जुटिरहेका छन् । गोविन्द केसीलाई काठमाडौँ पठाउन उत्रिएका सुरक्षाकर्मी र विद्यार्थीबीच झडपका क्रममा कम्तिमा पनि १० जना घाइते भएका थिए । उनीहरुको पनि त्यहीँ उपचार भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी तपनकुमार दाहालले अवस्था नियन्त्रण लिने रणनीतिस्वरुप उपाध्यायको निधन भएको बताउनुपरेको उल्लेख गरे । 

‘प्रतिष्ठान परिषरको अवस्था तनावग्रस्त थियो, कुनै पनि हालतमा हामीले अवस्थालाई नियन्त्रण बाहिर जान दिनु हुँदैन थियो’, उनले भने, ‘प्रहरी जवानको निधन भएको समाचार दिएर हामीले भिड नियन्त्रण गर्न पनि यसो भन्नुप¥यो । प्रजको मृत्यु भएकाले अब अवस्थालाई नियन्त्रणमा लिन गोली चलाउँछौँ भनेपछि भीड पनि तित्तरबित्तर भएर केसीलाई काठमाडौं पठाउन सफल भयौँ ।’ 

घाइते प्रहरी जवान उपाध्याय र अन्य घाइते विद्यार्थीहरुलाई अप्रेशनका लागि आवश्यक रगत स्थानीय पत्रकार, विद्यार्थी र सर्वसाधरणले दिएका थिए । घाइते उपाध्यायको अप्रेशनका लागि १० देखि १५ पोइन्ट रगत आवश्यक परेपछि पत्रकारले पनि रगत दिएका छन् । त्यसैगरी प्रतिष्ठानमा बाक्लो भिड जम्मा भएकाले पनि रगत संकलन गरेर अप्रेशन गर्न सहज भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.