कभर्डहल भत्किँदा खेलाडी मर्कामा

कभर्डहल भत्किँदा खेलाडी मर्कामा

डँडेलधुरा : डँडेलधुराको एक मात्र कभर्डहल भत्किँदा यहाँका खेलाडी मर्कामा परेका छन् । लगातारको वर्षाका कारण गत शनिबार राति कभर्डहल भत्किएपछि खेलाडी समस्यामा परेका हुन् । अमरगढी नगरपालिका-४ खलंगामा ३४ वर्षपहिले निर्माण भएको उक्त कभर्डहलको समयमै मर्मतसम्भार नहुँदा जीर्ण अवस्थामा रहेको थियो ।

पुरानो संरचनाको मर्मतसम्भार नहुँदा अविरल वर्षाका कारण भत्किएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्रबहादुर मगरले बताए । ‘विगत एक वर्षदेखि राष्ट्रिय खेलकुद परिषद र प्रदेश सरकारलाई मर्मतका लागि अनुरोध गर्दै आएका थियौं । पछिल्लो समय अमरगढी नगरपालिकासँग पनि अनुरोध गरेका थियौं । सबैले बेवास्ता गर्दा जिल्लाकै एक मात्र कभर्डहल भत्किन पुग्यो’ अध्यक्ष मगरले भने । उनले तत्काल यसतर्फ सम्बन्धित निकायमको ध्यान जानु पर्ने धारणा पनि ब्यक्त गरे ।

कभर्डहल भत्किएपछि जिल्लामा खेलकुद गतिविधि पनि प्रभावित बनेको छ । कभर्डहलमा प्रशिक्षण हुँदै आएको इन्डोर खेलका खेलाडी मर्कामा परेको खेलाडी सुनील तामाङले बताए । ‘भएको एउटा कभर्डहल पनि भत्किएपछि इन्डोर खेलका खेलाडी समस्यामा परेका छन् । खेलाडीको नियमित प्रशिक्षण पनि प्रभावित हुन पुगेको छ’, उनले भने । कभर्डहलमा ब्याडमिन्टन, टेबुलटेनिस, कराँते, बक्सिङ, बुद्धिचालजस्ता खेलहरू सञ्चालन हुँदै आएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.