केसीको समर्थनमा जुम्लामा आन्दोलन जारी

केसीको समर्थनमा जुम्लामा आन्दोलन जारी

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा २० दिनसम्म अनशन बसेका डा. गोविन्द केसी काठमाडौं फर्के पनि जुम्लामा भने केसीको समर्थनमा आन्दोलन जारी छ।

डा. केसीका माग सम्बोधन नगरी बिहीबार सरकारले उनलाई जबर्जस्ती काठमाडौं लगेपछि थप आक्रोशित बनेका जुम्ली नागरिकले केसीका माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन्। डा. केसीलाई सरकारले बिहीबार जबर्जस्ती काठमाडौं लैजान खोज्दा शिक्षण अस्पतालका विद्यार्थी र प्रहरीबीच भएको हिंसात्मक झडपको विरोध गर्दै नेविसंघ जुम्लाले शुक्रबार पनि प्रदर्शन गरेको थियो। अस्पतालमा भएको प्रहरी ज्यादतीविरुद्ध नेविसंघ जुम्ला पनि सडकमा उत्रिएको हो।

अस्पतालभित्र प्रहरीद्वारा विद्यार्थीमाथि कुटपिट भएको भन्दै जुम्लाका सम्पूर्ण शैक्षिक संस्था नेविसंघले बन्द गर्ने चेतावनी दिएको छ। सरकारको विरोध गर्दै अस्पतालमा भएको घटनाको जिम्मा सरकारले लिनुपर्ने माग नेविसंघले गरेको छ। नेविसंघका केन्द्रीय सदस्य घनश्याम थापाले कोणसभामा भने, ‘अस्पतालभित्रै गएर ड्युटीमा रहेका चिकित्सक, नर्स र विद्यार्थीमाथि कुटपिट गर्न पाइँदैन, विद्यार्थीमाथि प्रहरीले कुटपिट गरेकाले नेविसंघ सडकमा उत्रिएको हो।’ शान्तिपूर्ण आन्दोलनलाई गलत दिशातर्फ धकेल्न सरकारको निर्देशनमा प्रहरीले घटना गराएको उनले आरोप लगाए। कानुन उल्लंघन गरेर अस्पतालभित्रै प्रहरीले अ श्रुग्यास प्रहार गर्ने, गोली चलाउने, लाठी बर्साउने कार्यको घोर भत्र्सना गर्दै विरोधमा उत्रन बाध्य भएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए। डा. केसीका माग सम्बोधन नभएसम्म नागरिक समाजले जुम्लाको सडक तताउन नछोड्ने उनले जानकारी दिए।

प्रतिष्ठान ठप्प

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा राज्य पक्षले चिकित्सक, विद्यार्थी र सर्वसाधारणप्रति गरेको ज्यादतीविरुद्ध विरोध गर्दै आकस्मिक सेवाबाहेक प्रतिष्ठान बिहीबार ठप्प पारिएको छ। डा. गोविन्द केसी जुम्लामा अनशन बसेको विषयलाई लिएर गरिएको सरकारी पक्षको हर्कतप्रति घोर भत्र्सना गर्दै प्रतिष्ठान र यहाँका अन्य स्वाथ्यसंस्थाको सेवा प्रवाह ठप्प पारिएको हो। स्वास्थ्यजस्तो अति संवेदनशील क्षेत्रमा प्रहरी प्रवेश गरी भौतिक संरचना तोडफोड गर्नुका साथै डा. केसीलाई अपहरण शैलीमा उठाई काठमाडौं लगेको भन्दै चिकित्सकले गम्भीर ध्यानाकर्षण गराएका छन्। कानुनको ठाडो उल्लंघन गर्दै प्रतिष्ठानका चिकित्सक र विद्यार्थीमाथि भएको ज्यादतीपूर्ण व्यवहार, दुव्र्यवहार, कायरतापूर्ण गतिविधिको विरोधमा प्रतिष्ठान ठप्प पारिएको हो। यस्तै, अस्पतालमा झडप पर्दा राज्यपक्षबाट भएको क्षतिको मागसमेत गरिएको छ। सरकार पक्ष प्रहरी र डा. केसीका समर्थकबीच बिहीबार भएको झडपबाट नयाँ बनेको ३ सय शड्ढया अस्पतालको झ्याल, ढोका, टेबुल, कुर्सीलगायत सामग्रीमा क्षति पुग्दा झन्डै १५ लाख बराबरको नोक्सान भएको प्रतिष्ठान स्रोतले जनाएको छ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.