दसगजामा जबरजस्ती भन्सार चेक पोस्ट बनाउँदै भारतीय सुरक्षा बल

दसगजामा जबरजस्ती भन्सार चेक पोस्ट बनाउँदै भारतीय सुरक्षा बल

धनुषा: भारतीय सुरक्षा बलले धनुषाको नगराइन नगरपालिका – २ जटही नाकास्थित दसगजामा जबरजस्ती भन्सार चेक पोस्ट बनाउन थालेको छ ।प्रहरीको अनुरोधसमेत नमानी जबरजस्ती रुपमा दसगजामा खनेर चेक पोस्ट बनाउन काम गरिरहेको सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक जगदिशप्रसाद थारुले जानकारी दिए ।

चेक पोस्ट बनाउने भारतीय पक्ष र सीमामा रहेको नेपालको सशस्त्र प्रहरीबीच विवाद समेत भएको छ ।  ५१ नम्बर सीमा स्तम्भ नजिक भारतीय पक्षले जेठ १५ गतेबाट नै भंसार चेक पोस्ट बनाउन सुरुवात गरेको थियो ।

नेपालको अनुरोधमा भारतीय पक्षले नापी ल्याएर जग्गा एकिन गर्न १० दिनको लागि  निर्माण स्थगित गरेको थियो । तर नेपालबाट १० दिनसम्म कुनै चासो नदिएपछि पुनःकाम  सुरुवात गरेका हुन् ।

सशस्त्र प्रहरी निरीक्षक थारुले नापी गर्न प्रमुख जिल्ला अधिकारीले  पटक पटक अनुरोध गर्दा पनि ध्यान नदिएको गुनासो गरे । ‘हामीले १० दिनसम्म निर्माण रोकियौं तर सिडिओले ध्यान दिनु भएन’ उनले भने । उक्त स्थान भारतको बिहार राज्यको मधुवनीको  पिपरौनमा पर्छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.