आमाले सेतीमा फ्याकेपछि यसरी भयो सुरेन्द्रको पुनर्जन्म !

आमाले सेतीमा फ्याकेपछि यसरी भयो सुरेन्द्रको पुनर्जन्म !

धनगढीः असारको १ गते सेती नदीमा हाम फालेको घटनामा बाँचेका ८ वर्षका सुरेन्द्र बोहरा भाग्यले बाँचेका खुलेको छ । उनलाई सेती नदीमा माछा मारिरहेका ६० वर्षका धनबहादुर विकले आफ्नो नाति सम्झेर जोखिम मोल्दै नदी बीचबाट उद्धार गरेको आदर्श गाउँपालिका–४ का अध्यक्ष नारायण पछेराले बताए ।

असार १ गते डोटीको आदर्श गाँउपालिका बडा नं. ४ बस्ने बम वहादुर बोहराकीश्रीमती धौली बोहराले आफ्ना तीन सन्तानसहित सेती नदीमा हामफालेकी थिइन । बाँचेका सुरेन्द्रले बताए अनुसार सबैभन्दा पहिला धौलीले १२ वर्षकी छोरी राधिकाको हात समातेर सेतीमा फालेकी थिइन् । त्यसपछि सुरेन्द्रलाई फालेकी उनले अन्तमा ६ वर्षको छोरा सुनिललाई पिठ्युमा बाँधेर मामफालेको वडाअध्यक्ष पछेराले बताए ।

अर्को गाउँका ६० वर्षीय मानबहादुर आफ्नो नातिलाई लगेर १ गते दिउँसो सेतीमा माछा मार्न गएका थिए । नदीमा जाल हान्ने क्रममा उनी नाति बसाएको स्थानबाट सय–डेढ सय मिटर टाढा पुगेका के थिए, नाती जस्तै देखिने बालक (त्यो वीरेन्द्र थियो) नदीमा डुब्दै उत्रिँदै गरेको देखे । 

मानबहादुर नाति नदीमा बगेको भन्ठानेर जोखिम मोलेर सेतीमा कुदे । उनले बगिरहेका बालक समातेर बाहिर ल्याए तर ऊ वीरेन्द्र थियो भने उनको नाति बसाएकै स्थानमा थिए । त्यसपछि वीरेन्द्र नदीमा डुबेको बारेमा सोधपुछ भएको थियो । मानवबहादुरको भनाइ उदृध गर्दै वडा अध्यक्ष पछेराले भने, ‘त्यसपछि थाहा भयो की सेतीमा धौली र उनका दुई सन्तान बगिसकेका छन् भनेर ।’

मानबहादुरले वडाअध्यक्ष पछेरालाई फोन गरेर फेला परेका बालकबारेमा जानकारी गराए । अनि २ गते मात्रै गाउँलेले सेतीमा धौलीसहित उनका सन्तानको खोजी सुरु गरे । घटना ढिलोगरी साउन ४ गते मात्रै प्रहरीमा आइपुगेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए ।

प्रहरीले सबै बच्चासहित नदीमा हाम फाल्नुको कारण पत्ता नलागेको जनाएको छ । धौलीकी जेठी छोरी राधिका त गाईगोरु चराउन बिहानै वनतिर गइसकेकी थिइन् । श्रीमानलाई बच्चाको उपचारका लागि स्वास्थ्य चौकी जान्छु भनेर हिँडेकी धौलीले बनमा गाई गोरु चराउन गएकी राधिकालाई पनि मामाको घर आँप खान जाने भनेर बोलाएको स्थानीयले बताएका छन । 

धौलीका श्रीमान् बमबहादुरले गाई गोरु घर आईसकेको र छोरी राधीका नआएपछि सोधपुछ गर्दा आमाले आँप खुवाउन बोलाएको भनेर खुलेको प्रहरीलाई बयान दिएका छन । माइती पक्षले पनि केही महिनायता धौलीको मानसिक अवस्थामा केही गडबड भएको प्रहरीलाई बयान दिएको डिएसपी धामीले बताए । 

भारतमा काम गरिरहेका श्रीमान बमबहादुरले आफू र बच्चा बिरामी छन भनेर फोन गरेकाले आफू घर आएको प्रहरीलाई बताएका छन । प्रहरीले बमबहादुर, उनकी सासु लगायत स्थानीयसँग सोधपुछ गर्दा नदीमा हाम फालेर आत्महत्या गर्नुको खासै कारण फेला नपरेको जनाएको छ । तर प्रहरीले नदीबाट उद्धार गरिएका बालक सुरेन्द्रलाई सोमबार जिल्ला प्रहरी कार्यालय बोलाएर उनको बयानका आधारमा अनुसन्धान केन्द्रित पार्ने जनाएको छ । ‘हामीले उद्धार गरिएका ८ वर्षीय सुरेन्द्रलाई ल्याउन भनेका छौं’, डिएसपी लालबहादुर धामीले भने, ‘त्यसपछि केही कुरा खुल्न सक्छ ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.