दुर्गन्धित बन्दै गौशाला बजार

दुर्गन्धित बन्दै गौशाला बजार

महोत्तरी : गौशालाका ७० वर्षीय जासर राय १६ वर्षको उमेरमा बजार आएको सम्झन्छन्। बजारमा ५४ वर्ष अघि दूध बेच्न आएको उनी बताउँछन्। एक रुपैयाँमा पाँच सेर दूध बिक्री गरेका उनी भन्छन्, 'उहिले हाटमा साना छाप्राहरु थिए। गर्मीमा हाटको दुबोमा गम्छा ओछ्याएर थकाइ मारिन्थ्यो, 'उनले भने, 'अहिले बजारमा अकाश छुने महल बने। तर, गम्छा ओछ्याएर एक छिन सुस्थाउने ठाउँ छैन।फोहरै फोहर छ।' 

२०५९ सालमा गौशाला नगरपालिको छिमेकी बर्दिबासमा पानीको चरम अभाव थियो। जुन समयमा गौशाला बजार ५२ लाखमा ठेक्का लाग्थ्यो। आज बर्दिबासमा खानेपानीको समस्या समाधान भएको छ। खानेपानी उपभोक्ता संस्थामा महसुल तिरेको जनताको ३ करोड छ। 

गौशाला बजार यसपालि एक करोड १३ लाखमा ठेक्का लागेको छ। तर, बजारको अवस्था हिजोभन्दा आज दयनीय अवस्थामा छ। उद्योग वाणिज्य संघ गौशालाका सचिव उदयचन्द्र झाले भने, 'हिजो विकासको गति पक्रेको बर्दिबास बजारमा नमुना स्टल बन्यो तर, गौशाला बजारमा न खानेपानी छ न त शौचालको व्यवस्था छ। ढल सडकमै बग्छ।' 

गौशाला नगरपालिका मेयर शिवनाथ महतोले चुनाव जित्ने बेलामा भनेका थिए, 'तीन महिनामा गौशालालाई सुन्दर बनाउँछौं।' तर उनको भाषण बोलीमै सीमित रह्यो। उनले चुनाव जितेको ११ महिना बित्यो। अव्यवस्थित बजारको अवस्था ज्यूँकात्यूँ छ।

'स्थानीय सरकारले अरु ठाउँमा के के गरिसके। यहाँ खुट्टा तानातानमै नेताहरु व्यस्त छन्। दुर्गन्धै-दुर्गन्धले श्वास लिन मुस्किल छ, 'स्थानीय युवा रवीन राउतले भने, 'नाला जाम छ। ढल बाटोमै बग्छ। नाक थुनेर हिँड्दा हिँड्दैं वाक्‍क लागिसक्यो, 'उनले भने, 'नगरपालिकाले बजारको वास्ता गर्दैन। यसले रोगहरु फैलिन्छ।' नियमित बजार सरसफाई नभएको उनले सुनाए।

पञ्चायत कालमा बजारमै पक्की भवनमा पञ्चायत कार्यालय संचालन थियो। जुन भवन अहिले पनि छ।तर, यो भवन व्यपारी र बजार प्रवेश गर्नेहरुको दिसा पिसाब गर्ने ठाउँ बनेको छ। जहाँ जनप्रतिनिधिदेखि बुद्धिजिवि निशंकोच शौंच गर्छन्। 

बजारमा दुई शौचालय छन्। त्यहाँ भोटे ताल्चा झुन्डियाएको छ। व्यवस्थापनको अभावमा शौचालय प्रयोगविहीन छन्। 'पुरुत त कुनै चेपमा गएर पिसाब गरिहाल्छन्। तर, महिला दिदीबहिनीलाई शौच गर्न निकै समस्या छ, ' बजारमा भेटिएका जगरनाथ महतोले भने, 'बजार आउने जोकोहीलाई खानेपानीको पनि उस्तै समस्या छ।'

गौशालामा पुग्नेले फोहरको डंगुर नजिकैको होटलमा झिंगा भन्केको खाना, खाजा खान बाध्य छन्। सोमबार र बिहीबार नुनदेखि सुनसम्मको बजार लाग्ने गर्छ। २० औं हजार मानिस किन मेल गर्ने बजारमा भारतसम्मका व्यपारीहरु आउँछन्। सागसब्जी, गाई बस्तुलगायतको पनि बजार लाग्छ। नगरपालिकाले करोडभन्दा बढी राजस्व बजारबाट उठाउँछ तर बजारको उचित व्यवस्थातिर भने ध्यान दिएको छैन।

'नगरपालिकाले बजारबाट करोडौ रुपैयाँ उठाउँछ, 'गौशाला उद्योग वाणिज्य संघ गौशाला अध्यक्ष राजाराम गिरीले भने, 'बजार व्यवस्थित गर्न नगरसँग माग राख्छौं। हाम्रो कुरा सुन्दैन।'व्यापारी गौशाला बजार व्यवस्थान गर्न चासो दिँदैनन् गौशाला नगरपालिका मेयर शिवनाथ महतोले आरोप लगाए। व्यापारीले पसलभित्रको फोहोर जही तही फाल्ने गरेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.