प्रदेश २ सरकारमा राजपाबाट तीन राज्यमन्त्री थपिँदै

जनकपुरधाम: प्रदेश २ को सरकारमा राजपाले आफ्ना तीनजना राज्यमन्त्रीहरुलाई सहभागी गराउने भएको छ । लामो समयदेखि राजपाको भागमा परेका तीन राज्यमन्त्रीविहीन मन्त्रालयहरुमा सोमबार तीन राज्यमन्त्रीलाई सरकारमा सहभागी गराउने निर्णय गरेको छ । संसदीय दलका नेता महन्थ ठाकुरको निर्णयले तीन राज्यमन्त्रीहरुको नाम टुंगो लगाइएको हो ।
राजपाको निर्णयानुसार उद्योग राज्यमन्त्री सुरेश मण्डल, भौतिक पूर्वाधार राज्यमन्त्रीमा डिम्पल झा र सामाजिक विकास राज्यमन्त्रीमा अभिराम शर्माको नाम टुंगो लगाइएको छ ।
नम सार्वजनिक भएका राज्यमन्त्रीहरुको शपथग्रहण गराउने पनि प्रदेश सरकारले तयारी गरीसकेको छ । बुधबार शपथ ग्रहणको कार्यक्रम तय गरिएको राजपा संसदीय दलका नेता एवम भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनारले जनाए ।
उनका अनुसार बाहिर नाम आएका राज्यमन्त्रीहरुको बुधबार नै शपथ ग्रहण गराउने कार्यक्रम राखिएको छ । राजपाले सबै जिल्लालाई समेट्ने गरी राज्यमन्त्रीहरुको नामावली नामको टुंगो लगाइएको राजपा नेताहरुको भनाइ छ ।
प्रदेश २ मा फोरम–राजपा गठबन्धनको नेतृत्वमा बनेको सरकारले करीब ६ पछि पूर्णता पाएको छ । राजपाले आफना तीन राज्यमन्त्रीहरुलाइ सरकारमा सामेल गराएपछि सरकारले पूर्णता पाएको हो । प्रदेशभरिमा राजपासंग २५ वटा ठाउँमा सीट प्राप्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
