कैलालीमा प्रेमीसँग मिलेर श्रीमानको हत्या

कैलालीमा प्रेमीसँग मिलेर श्रीमानको हत्या

टीकापुर : कैलालीको दक्षिणी भजनी नगरपालिका-९ भुरुवाकी एक महिलाले श्रीमानको हत्या गरेकी छन्। भुरुवाकी निर्मला राजीले ३५ वर्षीया श्रीमान नन्दु राजीलाई प्रेमीसँग मिलेर हत्या गरेकी हुन्। 

इलाका प्रहरी कार्यालय भजनीका अनुसार श्रीमती निर्मला राजीले प्रेमी दिलिप राजीसँग मिलेर पति नन्दु राजीको हत्या गरेको खुलासा भएको हो। 'प्रारम्भिक अनुसन्धानले प्रेमीसँग मिलेर श्रीमानका् हत्या गरेको देखिएको छ' इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले भने, 'प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।'
 

प्रहरीले निर्मला र दिलीप दुवैजनालाई नियन्त्रणमा लिएको छ। मृतक राजी साउन ४ गते हराएका थिए। उनको शव घर नजिकैको जंगलमा खाल्डोभित्र फेला परेको प्रहरीले बताएको छ। डोरीले खुट्टा बाँधेर बोरामा राखेको अवस्थामा शव खाल्डोभित्र भेटिएको प्रहरीले जानकारी दिएको छ। मृतकका आफन्तले उनीहरुबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.