पर्यटकीय गन्तव्य बन्दै खानीडाँडा

पर्यटकीय गन्तव्य बन्दै खानीडाँडा

धनगढी : धनगढीबाट झन्डै ११० किलोमिटर टाढा रहेको भारतको लखिमपुरका रमेश गुप्ता छोराछोरी ल्याएर आफ्नै कारमा शनिबार कैलालीको खानीडाँडा पुगे। ४२ डिग्रीमा पसिना चुहाइरहेका उनी २६ डिग्रीको तापक्रम भएको रमाइलो सल्लाघारीमा एक रात बास बसे।

‘प्राकृतिक रूपमा पहाडी हावापानीमा बच्चाहरू पनि रमाए, हामी बूढाबूढीले पनि प्रकृतिसँग ‘इन्ज्वय’ ग¥यौं’ उनले भने। ‘मौसम पनि २०÷२५ किलोमिटरमै कति फरक छ है !’ खानीडाँडा धनगढीबाट झन्डै ३५ किलोमिटर उत्तरमा रहेको पहाडी क्षेत्र हो। अझ कैलालीको तराई र पहाडको संगम, गोदावरी धामबाट त २० किलोमिटर मात्रै। तराईमा उखरमाउलो (४२ डिग्री) गर्मी भएपछि पछिल्लो समय खानीडाँडा जानेको घुइँचो लाग्न थालेको छ।

‘पूर्वी–उत्तर भारतमा असार सकिन लाग्दा पनि वर्षा नभएकाले उत्पात गर्मी छ, त्यसैले नेपालको प्राकृतिक हावा खान यहाँ आएका हौं’, रमेशसँगै आएका लखिमपुरकै उनका साथी रामा अन्सारी खाँले भने। ‘पलियाका व्यापारीले खानीडाँडाबारे बताएका हुन्, रमाइलो रहेछ।’

तराईमा सहीनसक्नु गर्मी भएका बेला प्रदेश राजधानीदेखि उत्तरमा रहेको खानीडाँडा क्षेत्रमा आजभोलि कुहिरो लागेर शीतल हुन्छ। त्यसैले कैलाली र कञ्चनपुरका धेरै मानिस त्यहाँ पुग्ने गरेका छन्।

केही वर्षपहिले तराईबाट पहाडी सात जिल्ला जाने सार्वजनिक सवारीसाधन यात्रुले नास्ता खाने ठाउँका रूपमा चिनिएको खानीडाँडामा अहिले ठुल्ठूला होटलमा लगानी भइरहेको छ। खानीडाँडामा पछिल्लो दुई÷तीन वर्षयता करोडौं लगानी भएका एक दर्जन होटल सञ्चालनमा छन्।

‘तराईमा सहीनसक्नु गर्मी छ तर शनिबार बच्चाहरूको ‘हाप डे’ बिदा हुन्छ, त्यो दिन आउने अनि आइतबारको बेलुकी फर्किने’ खानीडाँडा पुगेका गुप्ताले भने। ‘यसले ‘रिफ्रेस पनि भइन्छ।’

भारतमा शनिबार हाप डे बिदा हुन्छ भने आइतबार साप्ताहिक बिदा हुन्छ। अझ हप्तामा एक दिन कुनै न कुनै दिन भारतीय बजार बन्द हुने भएकाले एकै दिनका लागि भए पनि भारतीय पर्यटक खानीडाँडा आउने गरेका छन्।

‘तराईमा हुर्केका बच्चा पहाड हेर्न खुब मन पराउँछन्, अझ कुलर पंखाले पनि नधान्ने गर्मीमा खानीडाँमा त राति सिरक र ब्ल्यांकेट ओढेर सुत्नुको मजा बेग्दै हुँदो रहेछ’, उनीसँगै आएका असीम गुप्ताले भने, ‘तराईमा गर्मी प्रत्येक वर्ष बढिरहेको छ।’

जग्गा खरिद–बिक्री सुरु

प्रदेशको राजधानी धनगढीबाट सरेर अत्तरिया हुने चर्चा चलेसँगै खानीडाँडा र बूढीतोला आसपासमा जग्गा किन्नेहरू बढेका छन्। डाँडाकाँडा मात्रै देखिने खानीडाँडामा पहाड काटेर घर बन्न थालेका छन् भने होटल रेष्टुराँ पनि खुल्ने क्रम बढेको छ।

‘यो क्षेत्रमा पछिल्लो वर्षदेखि नै जग्गा किनबेचको क्रम बढेको हो तर अत्तरिया राजधानी हुने हल्लासँगै त्यो अझ बढेको छ’, खानीडाँडाको होटल सञ्चालक वीरेन्द्र बुढाले भने। उनले भाडामा घर लिएर रेस्टुरेन्ट र लज सञ्चालन गर्छु भन्नेहरू पनि बढिरहेको बताए।

‘दैनिक सयभन्दा बढी मान्छे तराईबाट आउँछन्, सात जना परिवारका मान्छे, ५ जना काम गर्ने गरी १२ जनाको पनि भ्याई नभ्याई हुने गर्छ’, उनले भने। शनिबार र आइतबार त हामी दैनिक ज्यालादारीमा कामदार खोज्ने गर्छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.