पाकिस्तानी निर्वाचन : मतदान केन्द्र बाहिर विस्फोट, ३५ को मृत्यु

पाकिस्तानी निर्वाचन : मतदान केन्द्र बाहिर विस्फोट, ३५ को मृत्यु

 इस्लामावाद : हिंसात्मक घटनाहरूका बीच बुधवार पाकिस्तानमा भएको संसदीय निर्वाचनमा मतदान भएको छ ।

नयाँ संसद् र सरकार गठनका लागि भएको मतदानका क्रममा दिनभर भएका विभिन्न हिंसात्मक घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको अधिकारीले बताएका छन् । बलुचिस्तानको राजधानी क्वेटामा बुधवार शक्तिशाली आत्मघाती आक्रमण भएको थियो । उक्त आक्रमणमा मात्रै ३१ जना मारिएका छन् । ज्यान गुमाउने ३१ जनामा ३ प्रहरी र २ जना बालक पनि छन् । विस्फोट मतदान केन्द्रका बाहिर भएको थियो । सुरक्षाकर्मीले घटनास्थलबाट विस्फोट नभएको एक ग्रिनेड पनि नियन्त्रणमा लिएका छन् । आक्रमणकारी मतदान केन्द्रमा छिर्न खोजेको प्रहरीको भनाइ छ ।

घाइते ४० जनाको सन्देमन प्रान्तीय अस्पतालमा उपचार भइरहेको बलुचिस्तानका डिआईजी अब्दुल रजाक चिमाले जानकारी दिएका छन् ।

स्थानीय समयअनुसार बिहान ८ बजे शुरु भएको मतदान बेलुका ६ बजे अन्त्य भएको घोषणा गरिएको थियो । निर्वाचनको मतपरिणाम भने २४ घण्टाभित्र सार्वजनिक हुनसक्ने बताइएको छ । राष्ट्रियसभा, संसद्को तल्लो सदन र चारवटा प्रान्तीय विधानसभाका लागि बुधबार मतदान भएको हो ।

पाकिस्तानमा प्रतिनिधिसभा अर्थात संसद्को तल्लो सदन ३४२ सदस्यीय रहेको छ भने त्यसमध्ये २७२ स्थान प्रत्यक्ष निर्वाचित, ६० स्थान महिला आरक्षित र १० स्थान धार्मिक अल्पसंख्यकका लागि छुट्याइएको छ । प्रतिनिधिसभाका लागि तीन हजार ४५९ जना उम्मेदवार रहेका छन् । यसैगरी खैबर पाख्तुनख्वा, पञ्जाव, बलुचिस्तान र सिन्ध प्रान्तको प्रान्तीयसभाका लागि ५७७ सिट रहेको र आठ हजार ३९६ उम्मेदवार रहेका छन् ।

यस निर्वाचनका लागि करिब १० करोड ६० लाख मतदाताले आफ्नो नाम निर्वाचन आयोगमा दर्ता गराएकोमा करिब ५ करोड पुरुष रहेको जनाइएको छ । जनसंख्याका हिसाबले दक्षिण एसियाको दोस्रो ठूलो देशका रूपमा रहेको पाकिस्तानको यस पटकको निर्वाचनलाई महत्वका साथ हेरिएको छ । निर्वाचनको पूर्वसन्ध्यामा यहाँको सत्तारुढ दल नेशनल मुस्लिम लिगका नेता एवं पूर्वप्रधानमन्त्री नवाज शरीफलाई भ्रष्टाचारको अभियोगमा जेल सजाय सुनाइएको छ । निर्वाचनको मुखैमा आएर उनलाई दश वर्षको जेल सजाय सुनाइएपछि निर्वाचनमा प्रजातान्त्रिक दलहरूको सहभागिता र स्वस्थ एवं निष्पक्ष निर्वाचनका विषयमा आशंका गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.