लस एन्जलसमा फेरि आगो फैलियो, हजारौं मानिसलाई सुरक्षित स्थानमा सारियो

वासिङटन डिसी : लस एन्जलसमा फेरि डढेलो फैलिएको छ। हजारौं मानिसहरूलाई सुरक्षित स्थानहरूमा सारिएको छ। अहिले आगलागी भएको क्षेत्र शहरबाट ४५ माइल टाढा छ।
यो आगलागी कास्टेइक ताल नजिकैको पहाडी क्षेत्रमा भएको हो। यसको नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू छन्।
आगोको ज्वालाले ८ हजार एकडभन्दा बढी क्षेत्रफललाई ध्वस्त पारेको छ। तीव्र हावा र सुख्खा झाडीहरूले आगो छिटो फैलिरहेको छ।
यस आगलागीबाट अहिलेसम्म कुनै पनि घरमा क्षति नभए पनि करिब १९ हजार बासिन्दाहरू उक्त क्षेत्र छोड्न बाध्य भएका छन्।
अमेरिकाको क्यालिफोर्नियाका अग्निनियन्त्रकहरूले अझै पनि जंगलमा लागेको आगो निभाउने प्रयास गरिरहेका छन्। आगलागी भएको एक हप्ताभन्दा बढी भइसक्यो।
आगलागीमा परेर धेरै मानिसहरूका आलिशान घरहरू ध्वस्त भएका छन् । हालसम्म आगलागीबाट २५ जनाको मृत्यु भएको छ। बीबीसी
प्रतिक्रिया दिनुहोस !
