शुक्रबार शताब्दीकै लामो चन्द्रग्रहण

शुक्रबार  शताब्दीकै लामो चन्द्रग्रहण

काठमाडौं : शुक्रबार मध्यरातमा खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। रातको १२ बजेर ९ मिनेटबाट सुरु हुने चन्द्रग्रहण ४ बजेर ४ मिनेटसम्म देख्न सकिनेछ।

वरिष्ठ खगोलविद् जयन्त आचार्यले शुक्रबार मध्यरातमा लाग्ने चार घण्टाको खग्रास चन्द्रग्रहण शताब्दीकै लामो भएको जानकारी दिए। उनले अन्नपूर्णसँग भने, ‘यो ग्रहण शताब्दीमै सबैभन्दा लामो हो, सामान्यतः बढीमा तीन घण्टासम्म यसरी ग्रहण लाग्ने गरेको थियो।’ १२ बजेदेखि देखिए पनि यसको प्रक्रिया भने नौ बजेदेखि नै हुने उनको भनाइ छ।

उक्त दिन चन्द्रमाको पूरै भाग छेकिएको देखिनेछ भने पूरै चन्द्रविम्ब छेकिएर हुने (पृथ्वीको छायाले पूरै छेकिदिँदा हुने ग्रहण) ग्रहण खग्रास चन्द्रग्रहण हो। संसारका विभिन्न देश र नेपालबाट पनि ग्रहण देख्न सकिनेछ। अन्य देशमा भारत, चीन, मंगोलिया, अफ्रिकाका केही पूर्वी देश, यूरोप, रसिया लगायतबाट पनि देख्न सकिन्छ। क्यानडा तथा अलास्कामा बसोबास गर्ने मानिसले भने यो ग्रहणको अनुभव लिन पाउने छैनन्।

बाल्मीकी क्याम्पसका उपप्राध्यापक आचार्यका अनुसार, तान्त्रिकले तन्त्रको साधना तथा अघोरी मन्त्रको साधना गर्दा सिद्घि प्राप्त गर्न सक्नेछन्। यसैगरी, धार्मिकजनले ग्रहणको स्पर्शकाल तथा मोक्षकालमा विभिन्न नदीतट, कुण्ड आदिमा गई ग्रहण नुहाई शुद्घ हुने गर्दछन्।

खग्रास चन्द्रग्रहण मेष, सिंह, वृश्चिक तथा मीन राशी भएका मानिसले मात्र यो चन्द्रग्रहण हेर्न मिल्ने विज्ञको भनाइ छ। तर वृष, मिथुन, कर्कट, कन्या, तुला, धनु, मकर र कुम्भ राशी भएका मानिसले हेर्न मिल्दैन। चन्द्रग्रहण हेर्दा चन्द्रबाट आएका किरणलाई आँखाभित्र पस्न नदिन सावधानी अपनाउन पनि खगोलशास्त्रीले सुझाव दिएका छन्। ‘चन्द्रग्रहण जो कोहीले पनि नांगो आँखाले सजिलै हेर्न सक्छन्’, उनले अन्नपूर्णसँग भने, ‘चन्द्रग्रहण टेलीस्कोप, वाइनाकुलर, क्यामेरा वा अरु कुनै सामाग्रीमार्फत् हेर्दा पनि केही असर गर्दैन।’

उनका अनुसार, यो चन्द्रग्रहणमा आँखालाई हानी नोक्सानी पुर्‍याउने खालका कुनै त्यस्ता किरण आएका हँुदैनन्। एक्काइसौं शताब्दीमा पचासी वटा चन्द्रग्रहण देखा पर्ने उनले जानकारी दिए।  विश्वप्रसिद्घ वैज्ञानिक आइन्स्टाइनले आफ्नो प्रकाशसम्बन्धी सिद्घान्तको प्रयोग तथा पुष्टि खग्रास सूर्यग्रहण लागेको बेलामा गरेका थिए।

वैज्ञानिक तथा खगोलविद्का लागि भने यस्ता ग्रहण प्रयोगात्मक प्रक्रियाको पुष्टि गर्ने अवसर भएको उनीहरुको भनाइ छ। खग्रास र खण्डग्रास गरी दुई खालका चन्द्रग्रहण लाग्नेमा शुक्रबारको चन्द्रग्रहण खग्रास चन्द्रग्रहण हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.