बिर्तामोडमा हात्तीले चार घर भत्कायो
बिर्तामोड : झापाको बिर्तामोडमा गएराति जंगली हात्तीले चारवटा घरमा क्षति पुर्याएको छ । बिर्तामोड नगरपालिका–७ बाह्रघरमा मध्यरातमा गाउँ पसेको एक हात्तीले स्थानीय खगेन्द्र विष्ट सहित हेमबहादुर प्रधान, पुष्प तिम्सिना र टिकाराम विष्टको घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ।
चारआली गोलधाप देवनियाँ खोला नजिक रहेको सो बस्तीमा मध्यरातमा हात्ती पसेको थियो । हात्तीले घर घत्काउँदा खगेन्द्रको घरमा रहेको रेफ्रिजेटर, टिभि तथा खाट काम नलाग्ने गरी क्षति पुगेको छ भने घरमा भएको अन्न समेत खाइदिएको पीडित खगेन्द्र बिष्टले बताए ।
हात्तीका कारण १ लाख २५ हजार मुल्य बराबरको क्षति भएको उनले जानकारी दिए । अन्यको क्षतिको विवरण भने संकलन गर्ने काम भइरहेको प्रहरीले बताएको छ ।