डोल्पामा दैनिक १७ घण्टा लोडसेडिङ्ग !

डोल्पामा दैनिक १७ घण्टा लोडसेडिङ्ग !

डोल्पा : डोल्पाको सदरमुकाम दुनैमा दैनिक १७ घण्टा भन्दा धेरै समय लोडसेडिङ्ग हुने गरेको छ । जैरिगार पावरहाउसबाट उत्पादन हुने विद्युतको कुलोमा लेदो बग्न थालेपछि १३५० घरधुरी दैनिक १७ घण्टा लोडसेडिङ्ग खेपीरहेका छन् । 

कुल २०० किलोवाट उत्पादन क्षमता रहेको यस पावरहाउसबाट हाल जम्मा ७० किलोवाट उत्पादन हुने भएकोले पनि दैनिक लोडसेडिङ्ग बढ्दो छ । बालुवा र लेदो सँगै बग्न थालेपछि पानी कम आउने र विद्युतको मेसिनमा समस्या आउने गरेकोले लोडसेडिङ्ग गर्नुपर्ने वाध्यता रहेको विद्युत प्राधिकरणका कर्मचारीहरुको दावी छ ।

एउटा मेसिन पूर्णरुपमा बन्द रहेको छ भने एउटा मात्र मेसिनबाट ७० किलोवाट विद्युत उत्पादन गरी साबिकका सूजुफाल र दुनै गाविसका १३५० घरधुरीलाई विद्युत वितरण गर्दै आएको डोल्पा वितरण केन्द्रले जानकारी दिएको छ । 

ग्राहकको माग ३०० किलोवाट बराबरको रहेको भएपनि ग्राहकको माग अनुसार विद्युत आपूर्ति गर्न नसकेको नेपाल विद्युत प्राधिकरण डोल्पा वितरण केन्द्रका प्रमुख शँकरसिँह ठकुरीले बताए । उनले भने,‘धेरै खाले कठिनाइहरु रहेका छन्, ठुलो परिमाणमा खर्च गर्नुपर्छ,उत्पादन कम छ माग धेरै छ ।’

ठाडो खहरेखेलाबाट मुहान बनाई उत्पादन गरिएको विद्युत प्रभाबकारी नहँुदा ग्राहकहरु मर्कामा रहेका छन् । २०५० साल भन्दा पहिला प्रयोगमा आएका मेसिनहरु हालसम्म एक दर्जन भन्दा धेरैपटक मर्मत गरीसकिएका छन् । 
निकै जीर्ण र पूराना मोडलका मेसिन भएकै कारणले विद्युत उत्पादनमा कमी आएको हो । अब नयाँ मेसिन खरिदका लागि क्षेत्रदेखि केन्द्रसम्म प्रक्रिया अघि बढीसकेका कारण केही समयमा समस्याको समाधान हुने डोल्पा वितरण केन्द्रका प्रमुख ठकुरीले बताए । ‘पानीको बहाब बढ्दो रहेको छ, खोलामा लेदो र बालुवा बगीराखेको छ’, उनले भने,‘मेसिन पूराना छन्, हामी रातदिन सुत्न र खान सम्म पाएका छैनौं।’ 

हाल उत्पादन भईरहेको ७० किलोवाट विद्युतले सदरमुकाम दुनैको बजार, जुफाल बजार सहित १३५० ग्राहकका साथै एकदर्जन साना उद्योगमा विद्युत आपूर्ती गर्दै आएको छ । नियमित र भरपर्दो पावर नआउने भएका कारण बेकरी उद्योग समेत दैनिक घाटामा गइरहेको हिमालयन बेकरी उद्योग सञ्चालक रोशन हमालले बताए । विद्युत सेवा भरपर्दो बनाउन ब्यावसायीहरुको माग छ । 

हरेक वर्ष बर्षायाममा खोला बढेर समस्या र हिउँदमा बरफ जमेर समस्या भोग्नु पर्ने बाध्यता रहेको छ । विद्युत उत्पादनमा कमी आएपछि कार्यालयका दैनिक काम समेत प्रभावित भएका छन् । 

हरेक बर्ष यस्तै समस्या खेप्नुपर्ने भएकाले कम्तीमा पनि ५ सय किलोवाट विद्युत उत्पादन गरी सेवाप्रबाह गरिदिन अनुरोध गर्दै उर्जा मन्त्रालयमा धाइरहेको ठुलीभेरी नगरपालिका प्रमुख गणेशबहादुर शाहीले जानकारी दिए । उनले भने,‘पूराना मेसिन सबै हटाएर नयाँ प्रबिधिका मेसिन स्थापना गरे मात्र समस्याको समाधान हुने भएकाले मन्त्रालयमा सबै कागजातसहित अनुरोध गर्दै पहल गरिरहेका छौं ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.