स्वचालित मूल्य प्रणालीको प्रभाव : दुई वर्षमा कमायो निगमले ११ अर्ब

स्वचालित मूल्य प्रणालीको प्रभाव : दुई वर्षमा कमायो निगमले ११ अर्ब

काठमाडौं : अन्तर्राष्ट्रिय बजारअनुसार स्थानीय बजारमा मूल्य समायोजन प्रक्रिया थालिएपछि घाटामा रहेको आयल निगमले उल्लेख्य नाफा गरेको छ। नाफलाई वोनस सेयरमा रुपान्तर गरी निगमको चुक्ता पँुजी बढाइएको छ।

निगमको चुक्ता पुँजी ११ अर्ब पुगेको छ। यस अघि निगमको चुक्ता पुँजी २९ करोड २३ लाख मात्रै थियो। स्वचालित मूल्य प्रणालीमा गएपछि निगमले १० अर्ब ७० करोड मूल्य बराबरको बोनस सेयर थपेर ११ अर्ब मूल्यबराबरको चुक्ता पुँजी बनाएको हो।

यसअघि निगममा सातवटा निकाय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेसनल ट्रेडिङ लिमिटेड, राष्ट्रिय बिमा कम्पनी लिमिटेड, नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको २९ करोड २३ लाख ९५ हजार मूल्यबराबरको सेयर थियो।

निगमले बोनस सेयरमार्फत आफ्नो चुक्ता पुँजी वृद्धि गरेको हो। शुक्रबार सम्पन्न निगमको साधारणसभाले दुई वर्षको सञ्चित मुनाफा सेयरधनीका लागि बोनसका रूपमा वितरण गर्दै चुक्ता पुँजीमा रूपान्तरण गर्ने प्रस्ताव पारित गरेको छ। साधारणसभाले यो प्रस्ताव पारित गरेको छ।

आव २०७२/७३ र २०७३/७४ को सञ्चित मुनाफालाई चुक्ता पुँजीमा परिवर्तन गरिएको हो। स्वचालित मूल्य प्रणाली लागू गरेपछि पछिल्लो समयमा निगम नाफा कमाउँदै गएको हो। आव २०७३/७४ सम्म निगमको सञ्चित मुनाफा १० अर्ब ८८ करोड रुपैयाँ छ। यही सञ्चित मुनाफाबाट १० अर्ब ७१ करोड रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने निगमले जनाएको छ।

निगमको पछिल्लो निर्णयसँगै २९ करोड लगानी गरेको सरकार (उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग) को मात्रै ९९ दशमलब ४६ प्रतिशतका दरले सेयर हिस्सा १० अर्ब ९४ करोड मूल्यबराबर पुगेको छ।

यस्तै नेसनल ट्रेडिङ लिमिटेड, राष्ट्रिय बिमा कम्पनी लिमिटेड, नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शून्य दशमलब ५४ प्रतिशतका दरले सेयर हिस्सा पाँच करोड ९२ लाख ५१ हजार मूल्य बराबर पुगेको छ। ‘अब निगम ११ अर्ब पुँजी भएको संस्था बनेको छ’, निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भने,‘बोनस सेयरलाई चुक्ता पुँजीमा रुपान्तरण भएसँगै अब सर्वसाधारणलाई सेयर दिने बाटो पनि खुलेको छ। केही दिनमै आवश्यक तयारी गरी सर्वसाधारणका लागि पनि सेयर निष्काशन गर्छौ।’

‘बोनस सेयरलाई चुक्ता पुँजीमा रुपान्तरण गरिएसँगै निगममा अब सर्वसाधारणले पनि लगानी गर्न पाउने भएका छन्। केही समयपछि सर्वसाधारणका लागि पनि सेयर निष्काशन गर्छौ।’ सुशील भट्टराई, निमित्त कार्यकारी निर्देशक , आयल निगम

चुक्ता पुँजी वृद्धिको निर्णयले निगममा साढे सात लाख रुपैयाँ लगानी गरेको नेसनल ट्रेडिङको सेयर दुई करोड ८२ लाख पुगेको छ। यस्तै राष्ट्रिय बिमा कम्पनी लिमिटेडले लगानी गरेको चार लाख ५० हजार को सेयर वृद्धि भएर एक करोड ६९ लाख पुगेको छ। दुई लाख २५ हजार लगानी गरेको नेपाल बैंक लिमिटेडको सेयर ८४ लाख, एक लाख ५० हजार लगानी गरेको राष्ट्रिय वाणिज्य बैंकको सेयर ५६ लाख ४३ हजार पुगेको छ।

पाँच करोड ९४ लाख लगानी गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सेयर वृद्धि भएर दुई अर्ब २३ करोड ५२ लाख ९७ हजार, २१ करोड ४६ लाख ५५ हजार लगानी गरेको अर्थ मन्त्रालयको सेयर आठ अर्ब सात करोड ५४ लाख, एक करोड ६७ लाख लगानी गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सेयर ६३ करोड पुगेको छ।

निमित्त कार्यकारी निर्देशक भट्टराईकाअनुसार निगमको पुँजी वृद्धिका लागि गठित समितिले निगमको पुँजी २० अर्ब पु¥याउन सिफारिस गरेको थियो। समितिले सरकारको ५५ प्रतिशत सेयर स्वामित्व राखेर ३० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्टयाउन सुझाव दिएको छ।

‘समितिको सिफारिसअनुसार निगमको चुक्ता पुँजीमा अब सरकारको ५५ प्रतिशत हिस्सा सुरक्षित भयो’, भट्टराईले भने। समितिले २० अर्ब पु‍¥याउन ११ अर्ब चुक्ता पुँजी सरकारका तर्फबाट लगानी गरेर ६ अर्ब सर्वसाधारणबाट उठाउन सिफारिस गरेको छ।

सेयर बाँडफाँट अवस्था

सेयर विवरण                                   अहिलेको सेयर              जम्मा सेयर रकम

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय               ५ करोड ९४ लाख        २ अर्ब २३ करोड

अर्थ मन्त्रालय                                    २१ करोड               ८ अर्ब ७ करोड

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग        १ करोड ६७ लाख        ६३ करोड

नेसनल ट्रेडिङ लिमिटेड                             ७ लाख ५० हजार        २ करोड ८२ लाख

राष्ट्रिय बिमा कम्पनी                             ४ लाख ५० हजार        १ करोड ६९ लाख

नेपाल बैंक लिमिटेड                             २ लाख २५ हजार        ८४ लाख ६४ हजार

राष्ट्रिय वाणिज्य बैंक                             १ लाख ५० हजार        ५६ लाख ४३ हजार

स्रोत ः नेपाल आयल निगम


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.