पर्यटक भित्र्याउन ‘कम्युनिटी लज’

पर्यटक भित्र्याउन ‘कम्युनिटी लज’

सुर्खेत :  कर्णाली पर्यटन विकासका लागि ‘कम्युनिटी लज’ को प्रस्ताव गरिएको छ। तत्काल ठूलो लगानीमा पर्यटकीय होटलहरू स्थापना गर्न सम्भव नभएपछि कर्णालीका ग्रामीण क्षेत्रमा घुम्न आउने पर्यटकका लागि ‘कम्युनिटी लज’ को अवधारणा अगाडि सारिएको हो। यो अवधारणाअनुसार स्थानीय समुदायले नै पर्यटकलाई आवास र खानाको व्यवस्थापन गर्नुपर्ने हुन्छ।

देशभरको अवस्थालाई हेर्दा कर्णालीमा पर्यटक आवागमनको अवस्था निकै कमजोर छ। कर्णालीमा घुम्न आउने पर्यटकका लागि आवश्यक आवास र मनोरञ्जन लिने माध्यम नभएकै कारण ‘कम्युनिटी लज’ आवश्यकता औंल्याइएको छ। यो प्रस्तावलाई प्रदेश सरकारले पनि स्वीकार गरेको छ। पर्यटक आकर्षित गर्नका लागि पर्यटकीय क्षेत्रमा साना होटल तथा लज निर्माण गर्नुपर्ने प्रस्ताव गरिएको हो। कर्णाली प्रदेश सरकारले पनि पर्यटनबाटै ठूलो अपेक्षा राखेकाले पर्यटकको बसाइलाई सहज बनाउन गाउँमा साना होटलमा स्थानीय समुदायले नै लगानी गर्ने वातावरण तयार गर्ने प्रतिबद्धता जनाएको छ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने, ‘यहाँ जति घुम्न आए, उनीहरूले कर्णालीमा दुःख पाइयो भन्दै नकारात्मक सन्देश फिजाउने गरेका छन्।’ उनले कर्णालीमा पर्यटक आउने प्रचलन भर्खर स्थापित हुँदै गएकाले पर्याप्त आवासका लागि संरचना नभएको बताए। ‘अहिले करोडौं खर्चेर होटल बनाउन सम्भव छैन, त्यसैले पर्यटकलाई आरामदायी वास र यात्राका लागि पर्यटकीय क्षेत्रमा साना लगानीमा सामुदायिक लज निर्माण गर्नु आवश्यक छ’, उनले भने, ‘त्यसका लागि समुदायका युवालाई नै परिचालन गरिनेछ, प्रदेश सरकारले लगानीको वातावरण तयार गर्नेछ।’

हालसम्म पर्यटकहरू आउने र फर्किने मात्रै गरेकाले दुःखको सन्देश फैलिन पुगेको मुख्यमन्त्री शाहीको भनाइ छ। पर्यटकलाई स्थानीय उत्पादन र मौलिक संस्कृतिसँग परिचित गराउन सकेमात्रै कर्णालीको आनन्द लिएर फर्किने वातावरण तयार हुने उनले बताए। यसका लागि प्रदेश सरकारले गुरुयोजना नै निर्माण गरी लागू गर्ने उनको भनाइ छ। उद्योग, वन वातावरण तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले थोरै लगानीमा धेरै आर्थिक मुनाफा लिने सम्भावना देखेकै कारण प्रदेश सरकारले पनि कृषि र पर्यटनलाई नै प्राथमिकतामा राखेको बताए। उनले कृषि उत्पादन र पर्यटनलाई पनि सँगसँगै जोडेर लैजानुपर्ने बताए।


कर्णालीमा घुम्न आउने पर्यटकका लागि आवश्यक आवास र मनोरञ्जन लिने माध्यम नभएकै कारण ‘कम्युनिटी लज’ आवश्यकता औंल्याइएको छ।

‘हामी कर्णाली पर्यटन गुरुयोजना निर्माण गर्दै छौं, त्यसपछि पहिचान भएका स्थानमा संरचना निर्माण गरिनेछ’, उनले भने, ‘त्यसअघि पर्यटनलाई रोजगारीसँग पनि प्रभावकारी रूपमा कसरी जोड्ने भन्ने विषयमा विज्ञहरूसँग बसेर छलफल गर्नेछौं।’ सञ्चार माध्यम, गैरसरकारी संस्था र सरकारले हातेमालो गर्दै गाउँगाउँमा पर्यटन विकासको अभियान जगाउन छिर्नुपर्ने बताए। कर्णालीको पर्यटकीय क्षेत्रका जानकार हरिहर न्यौपानले कर्णालीको पर्यटनको बलियो आधार धार्मिक पर्यटन भएको बताए। ‘देशैभर हेर्दा कर्णालीको छुट्टै विशेषता भनेकै धार्मिक र सांस्कृतिक हो, हामीले यसैलाई प्राथमिकता दिनुपर्दछ’, उनले भने, ‘यदि धार्मिक र सांस्कतिक पर्यटनलाई जोड दिनसके उत्तर भारतको आधा जनसंख्या बर्सेनि कर्णाली भित्र्याउन सकिन्छ।’

अन्तर्राष्ट्रिय पर्यटकको उपस्थिति न्युन

देशभरीका पर्यटकीय क्षेत्रमा पर्यटकको उपस्थितिलाई तुलना गर्दा कर्णालीमा निकै न्युन पाइएको छ। अध्यागमनको तथ्याकंलाई आधार मान्दा गत आर्थिक वर्ष देशभरको तुलनामा १ दशमलत ७ प्रतिशत पर्यटक मात्रै कर्णालीमा घुम्न आएका छन्। तीमध्ये धार्मिक यात्राका लागि आउनेको संख्या अधिक छ। पर्याप्त आवास र सहज बसाई नभएकै कारण कर्णालीमा घुम्न आउने पर्यटकको संख्या न्युन रहेको न्यौपानेको भनाइ छ। ‘महँगो तिरेर आउने र कर्णालीबाट दुःख खेप्यौ भन्ने दुःखेसो गर्छन्’, उनले भने, ‘सरकारले तत्काल पर्यटकीय क्षेत्रमा सहज बसाईका लागि लज र कर्णाली आउँदा लाग्ने हवाई भाडामा समेत केही छुट दिनुपर्छ।’

उनले तथ्यांकले देखाएअनुसार कर्णालीको प्रदेश सरकारले पनि धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न जोड दिनुपर्ने बताए। कर्णालीमा हालसम्म पहिचान भएका ९२ वटा पर्यटकीय क्षेत्र पहिचान भएका छन्। तीमध्ये पनि सबैभन्दा धेरै जुम्लामा २२, कालिकोटमा १४ र हुम्लामा १३ वटा छन्। गत आर्थिक वर्षको तथ्यांक हेर्दा कर्णालीमा जम्मा १५ हजार चारसय ६४ पर्यटक भित्रिएका छन्। तीमध्ये हुम्लामा सबैभन्दा धेरै १३ हजार तीन सय ९८ पुगेका थिए।

हुम्ला पुगेका सबै धार्मिक पर्यटक भएको न्यौपानेले जानकारी दिए। यस्तै डोल्पामा एक हजार चार सय ८४ मध्ये मुगुमा सबैभन्दा कम दुई सय ९२ पर्यटक पुगेका थिए। देशभर अन्तर्राष्ट्रिय पर्यटक भित्रिने दर हेर्दा कर्णालीमा दयनीय अवस्था रहेको उनले बताए। आएकामध्ये पनि अधिकांश धार्मिक पर्यटकहरू नै भएकाले सरकारले नै धार्मिक पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नुका साथै पर्यटकलाई आवागमनमा सहज वातावरण तयार गर्नुपर्ने बताए। यस्तै कर्णालीमा आन्तरिक पर्यटक भने गत वर्ष नौ लाख हाराहारी पुगेका छन्। विभिन्न मन्दिर, ऐतिहासिक स्थलबाट संकलित तथ्यांक हेर्दा घुम्नकै लागि नभए पनि काम विशेषले आउँदा दर्शन गर्नेहरूको संख्या रहेको बताइएको छ।

क्याप्सन ः वीरेन्द्रनगरमा कर्णालीमा पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारको भूमिका विषयक कार्यक्रममा कोदोको केक काट्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाही। गोविन्द देवकोटा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.