६ जिल्लाका ६ सय मुद्दा अख्तियारमा

६ जिल्लाका ६ सय मुद्दा अख्तियारमा

कोहलपुर : भेरी र राप्तीका ६ जिल्लाका ६ सय मुद्दा अख्तियारमा दर्ता भएका छन्। अख्तियार कोहलपुर कार्यालयले गरेका स्ट्रिङ अप्रेसनलगायत घटनाले यी जिल्लामा भ्रष्टाचार बढ्दै गएको देखिएको छ।

कोहलपुरमा परेका उजुरीको संख्या र कार्यालयबाट भएका स्ट्रिंग अपरेसनको तथ्यांकअनुसार बाँके बढी भ्रष्टाचार हुने जिल्लामध्ये अग्रपंक्तिमा देखिएको हो। अख्तियार कोहलपुरको क्षेत्राधिकारभित्र पर्ने जिल्लामध्ये जिल्लागत रूपमा सबैभन्दा बढी बाँकेमा २ सय ६८, बर्दियामा १ सय ५०, दाङमा १ सय ३३, रोल्पामा ३९ र प्युठानमा ११ वटा गरी ६ सय १ उजुरी परेका थिए। तीमध्ये बाँकेमा २ सय ३, बर्दियामा १ सय ५, दाङमा ९०, रोल्पामा २५ र प्युठानमा ६ वटा उजुरी आर्थिक वर्ष ०७४÷०७५ मा फस्र्याेट भएको अख्तियार कोहलपुरले जनाएको छ।

अख्तियारले दिएको तथ्यांकअनुसार सबैभन्दा बढी भ्रष्टाचार तथा अनियमितताका उजुरीमध्ये संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत १ सय ४३ वटा, शिक्षाका १ सय ३५, बन तथा भू–संरक्षण मन्त्रालयका ९६, भूमिसुधार तथा व्यवस्था मन्त्रालयअन्तर्गत ५२ वटा र गृह मन्त्रालयअन्तर्गत ३४ वटा छन्।

भ्रष्टाचार नियन्त्रणसम्बन्धमा अख्तियारले मुख्य गरी दण्डात्मक, प्रवद्र्धनात्मक तथा निरोधात्मक क्रियाकलाप सञ्चालन गर्दै आएको छ। दण्डात्मक क्रियाकलापअन्तर्गत सञ्चालन गरिएका ९ वटा स्ट्रिंग अपरेसनअन्तर्गत मन्त्रालयगत रूपमा सबैभन्दा बढी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा ३, ऊर्जामा २, स्वास्थ्यमा २, वनमा १ र गृहमा १ सञ्चालन गरिएकोमा सबैभन्दा बढी बाँकेमा मात्रै ७, बर्दियामा १ र दाङमा १ वटा रहे। उजुरी र गोप्य सूचनाका आधारमा गरिएको स्ट्रिंग अपरेसनमा अधिकृत स्तरका ५ जना, सुब्बा स्तरका १ जना, खरिदार स्तरका ३ जना तथा कार्यालय सहयोगी स्तरका ३ जना गरी जम्मा १२ मध्ये महिला १ जना र पुरुष ११ जना राष्ट्रसेवक कर्मचारीलाई घुस लिँदालिँदै रंगेहात अख्तियारले नियन्त्रणमा लिएको छ।

घुस लिँदालिँदै पक्राउ परेका राष्ट्रसेवक कर्मचारीबाट ३ लाख १४ हजार रकमसमेत बरामद गरिएको अख्तियार कोहलपुरले जनाएको छ। कार्यालयमा पर्ने गरेका उजुरी अध्ययन गर्दा स्थानीय तहमा हुने सार्वजनिक खरिद निर्माणमा अनियमितता हुने गरेको बढी देखिएको छ। यस्तै, सामाजिक सुरक्षा भत्ता वितरणमा र कर्मचारी भर्नामा अनियमितता हुने गरेको उजुरी र ठेकेदार–कर्मचारीको मिलेमतोमा सडक, पुल तथा भवन निर्माणमा भ्रष्टाचार हुने गरेका उजुरी सबैभन्दा बढी रहेको पाइएको छ। त्यसैगरी, शिक्षा मन्त्रालयअन्तर्गत परेका उजुरीमा सबैभन्दा बढी शिक्षक–कर्मचारी नियुक्तिमा, विद्यालय भवन तथा शौचालय निर्माणम र छात्रवृत्तिमा अनियमितताजस्ता विषय रहेको अख्तियार कोहलपुरले जनाएको छ।

गत आर्थिक वर्षमा प्रारम्भिक उजुरीको अध्ययनपश्चात् थप अध्ययनका लागि ४१ वटा उजुरी विस्तृत अनुसन्धानका लागि पेस भएका छन्। यसैगरी, कार्यालयबाट विस्तृत अध्ययनपश्चात् ११ वटा उजुरीमा ११ लाख ३५ हजार ५९ बिगोसहित २१ जनालाई विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको जनाएको छ। आयोगको कार्यालय कोहलपुरले गत आर्थिक वर्षमा दर्ता भएका ६ सय १ उजुरीउपर प्रारम्भिक अनुसन्धान गरिएकोमा ४ सय २९ वटा उजुरी फर्स्योट भएको कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.