टाटा सफारीको ठक्करबाट एकको मृत्यु, अर्की महिला गम्भीर

टाटा सफारीको ठक्करबाट एकको मृत्यु, अर्की महिला गम्भीर

महोत्तरी: यहाँको पिपरा गाउँपालिका–५ स्थित चहोडवामा एउटा टाटा सफारीले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ । बा११च ८२६३ नम्बरको सफारीले ठक्कर दिँदा तरकारी किन्न बजार जाँदै गरेकी सथानीय महिला ३५ वर्षीया रेखादेवी यादवको ज्यान गएको हो । 

चहोडबाट तरकारी किन्न पिपरा बजार जाँदै गरेको अवस्थामा उनीहरुलाई सफारीले ठक्कर दिएको थियो । जनकपुर–जलेश्वर–भिठ्ठामोड सडकखण्डमा भएको यो दुर्घटनामा रिंकुदेवी यादव गम्भीर घाइते भएकी छन् ।    

रेखादेवीलाई गम्भीर घाइते अवस्थामा जनकपुर लाँदै गर्दा ज्यान गएको हो । रिंकुलाई पनि उपचारका लागि जनकपुर लगिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.