सभामुख र मुख्यमन्त्रीलाई विपक्षी बनाएर उच्च अदालतमा रिट

सभामुख र मुख्यमन्त्रीलाई विपक्षी बनाएर उच्च अदालतमा रिट

तुलसीपुर : प्रदेश सभामा सभामुख र उपसभामुख फरक-फरक राजनीतिक दलको हुनु पर्ने माग गर्दै प्रदेश ५ का कांग्रेस सासदसले उच्च अदालतका रिट दायर गराएका छन्।

प्रदेश  ५ को प्रदेश सभामा एउटै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सभामुख र उपसभामुख भएको भन्दै नेपाली कांग्रेस सांसादले उच्च अदालत तुलसीपुरमा रिट दायर गरेका हुन्।

संविधानको धारा १८२ अनुसार सभामुख र उपसभामुख फरक–फरक दल र फरक लिंगका हुनुपर्ने भएपनि प्रदेश ५ मा एउटै दल नेकपाबाट भएको भन्दै रिट दायर गरेको कांग्रेस सांसद रिना विश्वकर्माले जानकारी दिइन्। 

उनले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने व्यवस्थाबमोजिम गराउन प्रदेश सभामा माग गर्दै आएपनि सुनुवाइ नभएकोले अदालतमै जानु परेको बताइन।

उनले प्रदेश सभा सचिवालय, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सभाका सभामुख र उपसभामुखलाई विपक्षी बनाइर रिट दर्ता भएको उच्च अदालत तुलसीपुरले जनाएको छ।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.