ठेकेदारकै कारण दर्जनाैं योजना अलपत्र

ठेकेदारकै कारण दर्जनाैं योजना अलपत्र

 तुलसीपुर : निर्माणको जिम्मा लिएर पूरै काम गर्न नसकेको भन्दै प्रशासनले दाङका दुई निर्माण व्यवसायीलाई असारमा नियन्त्रणमा लिएर असारमै काम सक्ने सर्तमा छाडिदियो । असारसम्म निर्माण सक्ने भन्दै छुटेका ती व्यवसायी अहिले सम्पर्कविहीन छन् ।

न एक इन्च काम अगाडि बढाए न प्रशासन वा अरू निकायले कारवाही ग¥यो । गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा निर्माण ढिलासुस्ती गर्ने र लापरवाही गर्ने ठेकेदारलाई पक्राउ गरि कारवाही गर्ने निर्देशनले पनि कुनै प्रभाव परेन । योजनाको जिम्मा लिएका ठेकेदारले समयमै काम नगर्दा दाङका दर्जनौं योजना अलपत्र परेका छन् । १८ महिनाको समयसीमा तोकेर निमार्ण सुरु गरिएका पुल र सडक चार वर्षसम्म पनि पूरा हुन सकेका छैनन् । निर्माण कम्पनीको लापरवाही र अटेरीका कारण निर्माण अधुरै रहेको सडक कार्यालयले बताउँदै आएको छ । समयमै निर्माण सम्पन्न नहुँदा नागरिकहरूले समेत सास्ती भोग्नु परिरहेको छ । काम लगातार नहुँदा बनेका संरचनासमेत जीर्ण बन्दै गएका छन् । पुलका लागि खोलामा गाडिएका छडमा खिया लागे का छन् । सडक धुलो  र हिलोले  पो तिएको  छ । सडकमा गाडी हिँड्दा पै दलयात्रुहरू सडक छाडेर भाग्नुपर्ने अवस्था छ । तर निर्माणको काममा चार वर्षसम्म कसैको चासो देखिएको छैन ।

आर्थिक वर्ष ०७०÷७१ देखि निर्माण सुरु भएका घोराही, तुलसीपुरको बजार क्षेत्रको सडक र विभिन्न १८ वटा नदी तथा खोलामा निर्माण हुन लागेका २७ पुलको पटकपटक म्याद थप्दै ०७४ कात्तिकसम्म अन्तिम मिति तोकिएको थियो । पछि बढाएर ०७५ असारसमम पु¥याइयो । तर त्यो मिति गुज्रिसक्दा पनि निर्माणको काम भने ५० प्रतिशत पनि भएको छैन । ठेकेदार कम्पनीहरूको  लापरवाहीका कारण निर्माणको  काम सुस्ताएको  सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका इन्जिनियर शेखर योगीले निर्माण कम्पनीहरूका कारण पुल र सडक अलपत्र परेको  बताए । ‘कामलाई तीव्रता दिन कैयौं पटक लिखित तथा मौ खिक निदेर् शन गरेको भए पनि निर्दे शनलाई ठेकेदारहरूले  अटेरी गरेको र समयमा काम पनि नगरेको उनले बताए ।

तुलसीपुर र घोराहीमा निर्माण थालेको चार लेन सडक र कटुवाखोला पुल, गुजेर् , बबई र संक्राम खोला पुल निर्माणमा लापरवाही हुँदा निर्माणमा असर परेको उनले बताए । तुलसीपुर र घोराहीका फोर लेन सडक अढाई वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्नेमा पूरै सहर हिलाम्य र धुलाम्य भएको छ । लापरवाहीका कारण पानी पर्दा हिलो र घाम लाग्दा धुलोले सास्ती दिइरहेको स्थानीयहरूले बताएका छन् ।

हात्ती खौवादेखि वीरेन्द्र चोकसम्मको ९ सय मिटर सडक निर्माणका लागि चार करोड ५५ लाख बजेट विनियोजन गरिएको छ । त्यसको ५० प्रतिशत मात्रै काम पूरा भएको छ । उनले यो वर्ष निर्माणको म्याद थप नहुने सम्भावना बढेको बताए । जिल्लामा झण्डै सवा अर्ब बराबरका २७ वटा पुल र दुई सडकको काम सुरु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले छिटो काम सञ्चालन गर्न निर्माण व्यवसायीलाई नियन्त्रणमा लिएर निर्देशन दिएको भए पनि काम पूरा हुन नसकेको बताए । ‘मन्त्रालयले थप निर्देशन दिएको छैन, हामीले भन्दा पनि सम्बन्धित कार्यालयले खबरदारी गर्नुपर्छ’, उनले भने ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.