सर्पको टोकाइबाट बच्ने उपाय सिकाउँदै सेना

सर्पको टोकाइबाट बच्ने उपाय सिकाउँदै सेना

बर्दिबास : महोत्तरीको बर्दिबासमा सर्पको टोकाइबाट स्थानीयको अकालमै ज्यान जानथाले पछि सचेतनाको कार्यक्रम संचालन गरिएको छ। गौरीडाँडास्थित फष्ट राइफल गणको प्राविधिक सहयोगमा संचालित सर्प दंश उपचार केन्द्रले स्कुलमा पुगेर सर्पको टोकाइबाट बच्ने उपाय, टोक्दा देखिने लक्षण र प्राथमिक उपचारजस्ता विषयमा सचेतनामूलक कार्यक्रम संचालन गरेको हो।

न्यु श्री सिद्धार्थ बोडिङ्ग स्कुल बर्दिबासको युकेजीमा पढ्ने ८ वर्षीय दशरथ ऐरको असार १५ गते सर्पको टोकाइबाट ज्यान गएको थियो। स्कुलको होस्टेलमा सुतेका उनलाई करेत सर्पले टोकेको थियो।

होस्टेलमा सुतेका अर्का नौं  कक्षामा पढ्ने १५ वर्षीय आशीष ढकाल सर्पको टोकाइबाट गम्भीर घाइते भएका थिए। उनको अञ्चल अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

वर्षासँगै बर्दिबास सर्पको बिगबिगी बढेको छ। सर्प बस्ने दुलामा पानी पसेपछि सर्प बाहिर निस्किएको स्थानीय बताउँछन्। बर्दिबास सर्पको बास स्थान रहेको भनिन्। सर्पको टोकाइबाट बच्ने सचेतनाको कारणले स्थानीय झारफुकको भरमा छन्। 'सर्पले टोक्दा मानिस पहिला झारफुक मै केन्द्रीत हुने गरेका छन्,' सर्प दंश उपचार केन्द्र बर्दिबासका अध्यक्ष कृष्णप्रसाद देवकोटाले भने, 'जब गम्भीर बन्छ अनि मात्र उपचारको उपायहरु खोज्छन्। तब सम्म ढिलो भइसक्छन्। उपचार केन्द्र ल्याइपुर्‍याउँदा बाटैमा मृत्यु भइसक्छन्।'

सर्प दंश उपचार केन्द्र बर्दिबासमा श्रोत साधनको अभावका कारण सर्पको टोकाइबाट गम्भीर घाइतेलाई उपचार गर्न समस्या छ।'सर्पले टोकेका गम्भीर घाइतेलाई उपचार गर्न भेन्टिलेटरको आवश्यकता पर्छ। जुन यहाँ छदै छैन्, 'बर्दिबास नगरपालिका - १४ का वडा अध्यक्ष भरत हमालले भने।

असार र साउन गरी बर्दिबास र गौशाला नगरपालिकामा सर्पको टोकाइबाट ७ जनाको ज्यान गइसकेको छ। यहाँ असारमा ४१ जनालाई सर्पले टोकेका थियो। सर्प दंश उपचार केन्द्र बर्दिबासका अनुसार, आर्थिक वर्ष २०७४÷०७५ मा १९६, आर्थिक वर्ष २०७३÷०७४ मा १७३, आर्थिक वर्ष २०७२÷०७३ मा १७८ जना करेत, गोमनजस्ता विशालु सर्पको टोकाइबाट घाइते भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.