गोली प्रहार गरी युवकको हत्या
जनकपुरधाम : धनुषामा गोली प्रहार गरी एकजनाको हत्या भएको छ। जिल्लाको जनकनन्दनी गाउँपालिका इनर्वास्थित रेल्वे स्टेशन छेउमा कमला नगरपालिका-८ बस्ने अन्दाजी २५ वर्षीय राजेश यादवको हत्या भएको हो।
शुक्रबार बिहान करिब ५ बजे रेल्वे लिकको छेउमा यादवको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। यादवको शरीरमा ३-४ गोली प्रहार गरिएको ईलाका प्रहरी कार्यालय इनरुवाले जनाएको छ। यादवको टाउँको र पेटमा गोली लागेको छ।
घटनास्थलबाट कटुवा पेस्तोल १ थान, खोका ३ थान र एउटा मोटरसाइकल फेला परेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए। घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको थपलियाले बताएका छन्। यादवको हत्याराको खोजी भइरहेको थपलियाले जानकारी दिए।
गोली प्रहार गरी हत्या गरिएका यादव आपराधिक गतिविधिमा संलग्न थिए। गम्भीर प्रकृतिका मुद्दामा पक्राउ परेका यादव केहीदिन अघिमात्र सिरहा जिल्ला अदालतबाट तारेखमा रिहा भएका थिए।
प्रतिक्रिया दिनुहोस !