९० प्रतिशत रोपाइँ सकियो

९० प्रतिशत रोपाइँ सकियो

काठमाडौं : पूर्णरूपमा मनसुन सक्रिय भएपछि यो वर्ष उल्लेख्य मात्रामा रोपाइँ भएको छ । गत आर्थिक वर्षको तुलनामा यो वर्ष करिब १३ प्रतिशत बढी रोपाइँ भएको हो । रोपाइँपश्चात मनसुन नियमित हुने र मलको अभाव नहुने हो भने यो वर्ष धानको उत्पादन उच्च हुने सरकारी अनुमान छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार असार पहिलो सातादेखि साउन १७ सम्म देशभर करिब ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत आर्थिक वर्षको यस अवधिमा ७७ प्रतिशतहाराहारी रोपाइँ भएको थियो ।

आर्थिक वर्ष ०७३/७४ को यस अवधिमा ९० प्रतिशतहाराहारी रोपाइँ भएको थियो । जसले गर्दा त्यस वर्ष धान उत्पादन अहिलेसम्मकै बढी छ । त्यस वर्ष ५२ लाख ३० हजार मेट्रिक टन धान फलेको थियो । ‘अहिलेसम्मको मनसुनी वर्षाले देशभर रोपाइँ राम्रो भएको सन्देश दिएको छ’, मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले भने, ‘सन्तुलित वर्षा र मल समयमै उपलब्ध भए दुई वर्षअघिको रेकर्ड तोडिने अपेक्षा गरिएको छ ।’

उनकाअनुसार मौसम अनुकूलता र समयमै मल उपलब्ध भए यो वर्ष ५२ लाख मेट्रिक टनभन्दा बढी धान फल्ने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०७४÷७५ मा १.५ प्रतिशतले धानको उत्पादनमा कमी आएको थियो । सरकारी आँकडाअनुसार गत आर्थिक वर्षमा ५१ लाख ५२ हजार मेट्रिक टन धान फलेको थियो । मन्त्रालयकाअनुसार यो वर्ष तराइँमा अहिलेसम्ममै बढी रोपाइँ भएको छ । मन्त्रालयको तथ्यांकअनुसार बिहीबारसम्म तराईमा ८९.८५ प्रतिशतहाराहारी रोपाइँ भएको छ । यस्तै उच्च पहाडी क्षेत्रमा ८९.०५ प्रतिशत र मध्य पहाडी क्षेत्रमा ८९.४८ प्रतिशत रोपाइँ सकिएको छ । तराईका दुई जिल्ला सप्तरीमा ५० र सिराहामा ७५ प्रतिशत बाहेक सबैमा रोपाइँ सन्तोषजनक छ ।

धानबालीको कुल क्षेत्रफल १५ लाख ५२ हजार चार सय ६९ हेक्टरमध्ये हालसम्म १३ लाख ९२ हजार नौ सय ५२ हेक्टरमा रोपाइँ भएको छ ।

धान उत्पादनमा हुने उतार चढावले मुलुकको कूल गार्हस्थ उत्पादनमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४७.५ प्रतिशत जमिनमा धान खेती हुन्छ । यसमध्ये क्षेत्रफल र उत्पादनका आधारमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशत छ । विज्ञहरूका अनुसार रोपाइँका लागि सबैभन्दा उत्तम समय असार १५ देखि साउन १५ सम्म हो । साउन महिनापछि हुने रोपाइँले उत्पादन कम दिन्छ । नेपालमा मौसमका आधारमा चैते धान, वर्षे धान, भदैया धान, घैया धान र हिउँदे धान (बोरो धान) खेती हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.