काठमाडौंमा अष्ट्रेलिया र न्यूजील्याण्ड एजुकेशन मेला
काठमाडौं : नेपाल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी (एनआईइसी)ले अष्ट्रेलिया, न्यूजील्याण्ड एजुकेशन फेयर संचालन गर्ने भएको छ।विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि लक्षित उक्त मेला साउन २१ गते अर्थात अगष्ट ६ मा एनआइईसीले आफ्नो केन्द्रिय कार्यलय पुतलीसडकस्थित शेयर मार्केट कम्प्लेक्स भवनको चौथो तलामा एकदिने मेला आयोजना गर्न लागेको हो ।
परामर्शलिन चाहने विद्यार्थी तथा अभिभावकले सो मेलामा निशुल्क प्रवेश पाउने छन् । विगत १८ वर्षदेखि वैदेशिक उच्च शिक्षाका लागि परामर्श सेवा प्रदान गर्दै आएको एनआइइसीको यस शैक्षिक मेलामा अस्ट्रेलिया रन्युजिल्यान्डका २० भन्दा बढि विश्वविद्यालय, कलेज तथा इन्स्टिच्युटहरुको सहभागिता हुनेछ । विद्यार्थीले प्रत्यक्ष रुपमा त्यहाँबाट आउने प्रतिनिधिहबाट आफ्नो जिज्ञासा मेटाउन सक्नेछन् ।
मेलामा सहभागी विद्यार्थी तथा अभिभावकले सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष रुपमा भेट गरी अन्तरक्रिया गर्ने अवसर पाउने एनआईइसीका प्रवन्ध निर्देशक सपना राजभण्डारीले बताइन् ।
प्रबन्ध निर्देशक राजभण्डारीका अनुसार मेलामा सम्बन्धित देशको जीवनशैली, कानुनी प्रावधान, विश्वविद्यालयको शैक्षिक तथा भौतिकपूर्वाधार, फि स्ट्रक्चर, छात्रवृत्ति, विश्वविद्यालयमा उपलब्ध विषयको छनौट, शैक्षिक नीति, रहनसहन लगायतका महत्वपूर्ण जानकारी सहजै प्राप्त हुनेछ । एनआईसीले अष्ट्रेलिया र न्युजिल्यान्ड, युएस युके , आयरल्यान्ड, क्यानडा लगायतका लागि सेवा प्रवाह गर्दै आइरहेको छ ।
आफूले चाहेको देशमा विभिन्न आफ्नो डकुमेन्ट विषयप्रतिको ज्ञान उद्देश्य अनुरुप आइटी, नर्सिङ, म्यानेजमेन्ट, पब्लिक हेल्थ, इन्जिनियरिङलगायतका विषयबारे पनि जानकारी लिन सक्ने छन् । मेलामा आईएलटिएसबारे बुझ्न व्रिटिश काउन्सिलरको उपस्थिती हुनेछन्, त्यस्तै बैंक पार्टनर सिभिल बैक, एनएल आईसिसिलगायतको पनि सहभागिता हुनेछ ।
कन्सल्टेन्सीले विद्यार्थीलाई वातावरण अनुकुलित शिक्षा, हाइटेक प्रविधिमा विषय विशेषज्ञ प्रशिक्षकबाट अध्यापन गराउँदै आइरहेको छ ।उक्त एक दिने मेलामा डकुमेन्टेसन र भिजाका सम्बन्धमा पनि परामर्श लिन सकिनेछ साथै मेलामा सहभागीलाई व्यवस्थित तथा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।